११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने प्रतिबद्धता

कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने प्रतिबद्धता
अ अ+ अ-

गण्डकी। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नं २ का उम्मेदवारहरुले कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

भरतपोखरी विकासमञ्च, पोखरा महानगर– ३३ द्वारा कास्की क्षेत्र नं २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उम्मेद्वारसँग आज आयोजित ‘जनतासँग उम्मेद्वार –उम्मेद्वारसँग जनता’ विषयक साक्षात्कारमा उनीहरुले नयाँ पुस्ताले माग गरेको सुशासनसँगै यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार हेमबहादुर थापा पराजुलीले जेनजी आन्दोलनका क्रममा उठेको भ्रष्टाचाररहित समाज निर्माणको विषयलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दीपक भण्डारीले विद्यमान प्रशासनिक झन्झटलाई सहज बनाउँदै सरकारी सेवालाई सहज एवम् प्राथमिकता बनाउन पहल गर्ने बताउनुुभयो ।

उज्यालो नेपाल पार्टीका उम्मेद्वार कुशल गुरुङले पर्यटनको राजधानी पोखरामा विद्यमान फोहर व्यवस्थापनको समस्या समाधान गराउने उल्लेख गर्नुभयो। नेपाल जनमुक्ति पार्टीका उम्मेद्वार ख्यामबहादुर गुरुङले कृषि र पर्यटनको विकासबाटै यस क्षेत्रको विकास गर्न सकिने बताउनुुभयो ।

स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद तिवारीले आत्मनिर्भर कृषि उद्यमको विकास लगायतका विषयलाई प्राथमिकतामा राखिने बताउँदै शिक्षाको सुलभतासँगै करको दर घटाउने लगायतका विषयमा जोड दिने बताउनुुभयो ।

यस क्षेत्रबाट १७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा कूल मतदाता ८४ हजार १३४ जना रहेका छन् भने मतदान केन्द्रको सङ्ख्या ९७ रहेको निर्वाचन कार्यालय पोखराले जनाएको छ । रासस