२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरबारमार्गमा महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सांगीतिक कार्यक्रम



अ+ अ-

काठमाडौं । महाशिवरात्रि तथा सेना दिवसको अवसर पारेर नेपाली सेनाको सैनिक ब्यान्ड तथा शार्दुलजंग गुल्मले नेपाली सांगीतिक समूह कुटुम्ब सँग सहकार्य गर्दै काठमाडौँको दरबारमार्ग क्षेत्रमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको छ।

मिति २०८२ फागुन २ गते साँझ आयोजित उक्त कार्यक्रममा देशभक्ति, सांस्कृतिक तथा परम्परागत धुनहरू प्रस्तुत गरिँदा दरबारमार्ग क्षेत्र सांगीतिक माहोलले गुञ्जिएको थियो। सैनिक ब्यान्ड र कुटुम्बको संयुक्त प्रस्तुतिले दर्शकहरूलाई विशेष आकर्षित गरेको थियो।

कार्यक्रममा चर्चित ब्यान्ड कर्मा तथा The Elements ले पनि आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुति दिएका थिए। साथै, नेपाली सांस्कृतिक परम्परालाई झल्काउने कुमारी नृत्यसमेत प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई अझ आकर्षक बनाएको आयोजकले जनाएको छ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले सांस्कृतिक एकता, राष्ट्रिय गौरव र नेपाली संगीतको मौलिकतालाई उजागर गरेको सहभागीहरूले बताएका छन्।