६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

सैनिक महाविद्यालयको रासनमा अनियमितता, दुई कर्णेल नियन्त्रणमा

सैनिक महाविद्यालयको रासनमा अनियमितता, दुई कर्णेल नियन्त्रणमा
अ+ अ-

काठमाडौं । भक्तपुरस्थित सैनिक महाविद्यालयमा प्रमुख रहँदा रासन अनियमितता गरेको आरोपमा नेपाली सेनाका दुई कर्णेलमाथि सैनिक मुख्यालयले छानबिन सुरु गरेको छ । मुख्यालयले नेपाली सेनाका कर्णेल भूपालमान अधिकारी र लेफ्टिनेन्ट कर्णेल देव क्षत्रीमाथि रासन अनियमितताको आशंकामा अनुसन्धान सुरु गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिएर छानबिन थालिएको छ । प्रारम्भिक छानबिनले रासनमा अनियमितता भएको देखाएकाले दुवै जनालाई ‘लाइन एरेस्ट’मा राखेर छानबिन थालिएको सैनिक स्रोतले जनाएको छ ।

सैनिक स्रोतका अनुसार करिब दुई वर्षअघि उनीहरूले सैनिक महाविद्यालयको महत्वपूर्ण जिम्मेवारीमा रहँदा विद्यालयमा पठाइएको रासन अन्यत्र बेचेको आरोप छ । त्यसरी बेचिएको रासनबापतको रकम अन्यत्रबाट उनीहरूको व्यक्तिगत खातामा आएको देखिएको सैनिक स्रोतले जानकारी दिएको हो । सो विषयमा छानबिन गर्न सहायक रथी प्रदीपजंग केसीको नेतृत्वमा गठित ‘कोर्ट अफ इन्क्वायरी’ले उनीहरूमाथि अनुसन्धान गरिरहेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले गुनासोपछि दुवै जनामाथि अनुसन्धान भइरहेको बताए । ‘अनियमितताको विषय आएको हो तर पुष्टि भइसकेको छैन । बोर्ड गठन गरेर सत्यतथ्य छानबिन हुँदै छ,’ सैनिक प्रवक्ता पाण्डेले भने । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनासँग जोडिएका पुराना विषयमा गुनासो आउन थालेपछि विगतका आर्थिक विषयसमेत छानबिन गर्ने नीति लिएका छन् । त्यसका लागि सेनाले ‘रिभर्स करप्सन’ नाम दिएर विगतका खरिद प्रक्रियालाई समेत हेर्दै आएको छ । प्रधानसेनापति थापाले प्रश्न उठेका स्थानमा मुख्यालयबाट टोली नै खटाएर छानबिन गर्दै आएका छन् ।

प्रधानसेनापति भएलगत्तै सेनाभित्रका विकृति सुधार गर्ने योजनाअनुसार ‘प्रधानसेनापति मार्ग निर्देशन कमान्ड २०७५’ लागू गरेका थापाले सेनाभित्रको क्यान्सरलाई आफ्नो कार्यकालमा निको पारेरै छाड्ने प्रतिबद्धता जनाएका थिए । ‘सेनाप्रति आमनागरिकको विश्वास र भरोसा छ । म त्यो भरोसालाई अझ उच्च बनाउन आफ्नो कार्यकालमा सेनाभित्रको क्यान्सरलाई निको पारेर त्यो लक्ष्य पूरा गरेर निस्कन्छु,’ प्रधानसेनापति थापाले कार्यकालको एक वर्ष पूरा हुँदा गत भदौमा जंगी अड्डामा आयोजित कार्यक्रममा भनेका थिए । राजधानी दैनिकबाट