५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण

निजी क्षेत्र संरक्षण रणनीति लागू नगरे अस्थिरता बढ्ने अध्यक्ष ढकालको चेतावनी

निजी क्षेत्र संरक्षण रणनीति लागू नगरे अस्थिरता बढ्ने अध्यक्ष ढकालको चेतावनी
अ+ अ-

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

आगामी दिनमा निजी क्षेत्रमाथि आगजनी, तोडफोड र लुटपाट हुन नदिनका लागि पनि सरकारले सो योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उहाँको भनाई थियो । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र फाइदा लिनका लागि मात्रै नभएको भन्ने कुरालाई सरकारले बुझाउनुपर्ने आवश्यता पनि औल्याउनु भयो ।

उहाँले निजी क्षेत्रबिना शिक्षा, स्वास्थ्य लगायतका हरेक कुरा सम्भव नभएकाले पनि सरकारले यसको महत्वबारे सर्वसाधारणलाई बुझाउनुपर्ने बताउनु भयो । निजी क्षेत्रले रोजगारी सृजना, आयआर्जनको क्षेत्रमा महत्वपूर्ण योगदान दिने भएको र यसलाई यसै रुपमा बुझेर अघि बढ्दा मात्रै सबैको हित हुने अध्यक्ष ढकालले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘निजी क्षेत्र उनीहरुले गर्ने व्यवसायबाट फाइदा लिनका लागि मात्रै होइन । निजी क्षेत्र रोजगारी सृजना गर्नका लागि हो । निजी क्षेत्र रेभिन्यु बढाउनका लागि हो । निजी क्षेत्र आम पब्लिकलाई डेलिभरी दिनका लागि हो । निजी क्षेत्र यदि नहुँदो हो त कुनैपनि चाहे शिक्षा, स्वास्थ्यको कुरा गरौ, चाहे पूर्वाधारको कुरा गरौ । निजी क्षेत्र बिना सम्भव छैन । त्यसैले मैले के भन्न चाहेँ भने वास्तवमा यो २३, २४ को आन्दोलनबाट हामीले जुन पाठ सिक्यौँ । निजी क्षेत्र भनेको केवल फाईदाको लागि होइन । निजी क्षेत्र भनेको उसको व्यक्तिगत आम्दानीको लागि मात्रै होइन । निजी क्षेत्र भनेको समग्रतामा रोजगारी सृजना गर्ने हो । निजी क्षेत्र भनेको रोजगारीको क्रियटर हो । निजी क्षेत्र भनेको रभिन्यू दिने क्षेत्र हो भन्ने म्यासेज दिन सक्नु पर्दछ । निजी क्षेत्रमाथि जुन टार्गेट छ । अव आईन्दा त्यस्तो घटना हुन नदिनका लागि सरकारको तर्फबाट आम पब्लिकमा एउटा कमिटमेन्ट निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीतिक योजना (विएचपिपी) हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि दिएका छौ । आगामी दिनमा यस्तो किसिमको घटना हुन नदिन पनि सरकारको तर्फबाट सो रणनीतिलाई तत्काल कार्यान्वयन गर्न आवश्यक छ ।’

अध्यक्ष ढकालले जेन–जी आन्दोलनमा जस्तो दुखद घटना फेरि मुलुकमा हुन नदिन पनि सरकारले सचेत भएर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल