४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो

घोषणापत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न राजनीतिक दलहरुलाई प्याब्सनको आग्रह

घोषणापत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न राजनीतिक दलहरुलाई प्याब्सनको आग्रह
अ+ अ-

काठमाडौँ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै प्याब्सनले आईतवार पत्रकार सम्मेलन गरी शिक्षा क्षेत्रलाई स्पष्ट, समन्वित तथा दीर्घकालीन रुपमा प्राथमिकता राख्नेगरि घोषणापत्रमा उल्लेख गर्न आग्रह गरेको हो ।

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सार्वजनिक–निजी–सामुदायिक सहकार्यमा आधारित शिक्षा नीति अवलम्वन गर्नुपर्ने बताउनु भयो । उहाँले निजी शिक्षा क्षेत्रलाई देशको शिक्षा सुधारका लागि रणनीतिक साझेदारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार पछिल्ला वर्षहरूमा निजी विद्यालयहरूले शिक्षा पहुँच विस्तार, गुणस्तर सुधार र दक्ष जनशक्ति विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । तर नीतिगत अस्थिरता, आकस्मिक कानूनी परिवर्तन र एकपक्षीय नियमनका कारण शिक्षा क्षेत्रमा लगानीको वातावरण कमजोर बन्दै गएको उहाँको भनाई छ । उच्च शिक्षाका लागि वर्षेनि ठूलो रकम विदेशिने क्रम बढ्दै गएको उल्लेख गर्दै उहाँले स्वदेशमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन निजी क्षेत्रसँग सहकार्यसहित दीर्घकालीन योजना आवश्यक रहेको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानको सम्मान गर्दै शिक्षा सम्बन्धी ऐन, नीति तथा निर्देशिकामा स्पष्ट व्यवस्था गर्न पनि माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रलाई एउटा समग्र प्रणालीको रूपमा अघि बढाउन सार्वजनिक–निजी–सामुदायिक सहकार्यको माध्यमबाट स्पष्ट नीति आवश्यक छ । निजी शिक्षा क्षेत्रलाई देशको शिक्षा सुधारका लागि रणनीतिक साझेदारका रूपमा अघि बढाइयोस् । विद्यालय छनोट, शिक्षण माध्यम (नेपाली, अंग्रेजी वा मातृभाषा) तथा शैक्षिक मोडल छनोट गर्ने अधिकार अभिभावक र विद्यार्थीमै निहीत रहनु जरुरी छ । जबर्जस्ती एकल प्रणाली लागू गर्ने कुनैपनि नीति शिक्षा क्षेत्रका लागि हितकर हुँदैन । बहुविकल्पीय शिक्षा प्रणालीलाई लोकतान्त्रिक र व्यवहारिक प्रतिष्पर्धी बनाउँदै यसतर्फ ध्यान दिइयोस् । शिक्षा क्षेत्रमा गरिएको निजी लगानी, पूर्वाधार तथा सम्पत्तिको कानुनी र नीतिगत संरक्षण सुनिश्चित गरियोस् । नीतिगत अस्थिरता, आकस्मिक कानूनी परिवर्तन तथा एकपक्षीय नियमनले शिक्षा क्षेत्रमा लगानीको वातावरण कमजोर बनाएको छ । यसलाई अन्त्य गर्दै स्थिर, विश्वसनीय र दीर्घकालीन नीति आवश्यक छ । उच्च शिक्षाका लागि नेपालबाट वर्षेनि ठूलो संख्यामा पुँजी विदेशिने तथ्य हामी सबैले भोगिरहेका छौं। यो पूँजी पलायन रोक्न गुणस्तरीय उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउन आवश्यक छ । यसको लागि निजी क्षेत्रसँग सहकार्य गर्दै ठोस र दीर्घकालीन योजना अघि बढ्ने स्पष्ट शिक्षा नीति तय गरियोस् ।’ 

निजी क्षेत्रमा कार्यरत जनशक्तिलाई राज्यका सीप विकास तथा शैक्षिक उन्नयन कार्यक्रमहरूमा सहभागी गराउनुपर्ने प्याब्सनको सुझाव छ । प्याब्सनले शिक्षा राजनीतिक हस्तक्षेपको विषय नभई साझा राष्ट्रिय एजेण्डा हुनुपर्ने बताउँदै सबै राजनीतिक दल, नीति निर्माता र सरोकारवालाको सहकार्य अपरिहार्य रहेको उल्लेख गरेको छ । आगामी निर्वाचनपछि शिक्षा प्रणाली थप समावेशी, गुणस्तरीय, स्थायित्वयुक्त र प्रतिष्पर्धी बन्ने प्याब्सनको विश्वास छ ।