रौतहट । रौतहटमा जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ ।
मंगलबार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय स्कारपियो गरुडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको गढिमाइ नगरपालिका–३ का १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षका मोसाफिर अन्सारी र २५ वर्षका शेख छोटु रहेका छन् ।
अर्का मृतकको भने सनाखत भइ नसकेको प्रहरीले जनाएको छ ।