१५ असार २०८३, सोमबार
,
Latest
बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ



अ+ अ-

काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सफाइ गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ६६५औँ हप्तामा महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रको सूर्यघाट, आर्यघाट, राममन्दिर क्षेत्रमा सफाइ गरिएको हो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइबाट उठेको नकुहिने फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

भष्मेश्वरघाटबाट ड्यामसम्मको वाग्मती किनारमा बढी फोहर देखिएकाले अधिकार सम्पन्न वाग्मती समितिले नै डोजर लगाएर सफाइ गर्ने सहमति भएको छ ।

आजको सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनलगायत अभियानकर्मीको सक्रिय सहभागिता रहेको थियो । अर्को हप्ता शनिबार पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको सहभागितामा पशुपति क्षेत्रमै सफाइ गरिने छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार निरन्तर चलिरहेको छ । भूकम्प, नाकाबन्दी, कोरोनाजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ महाअभियान रोकिएन । चाडपर्व, जाडो, झरीजस्ता समयमा पनि प्रत्येक हप्ता शनिबार बिहान अभियानकर्मी वाग्मती नदीमा जम्मा भएर सफाइ गर्ने गरेका छन् ।

देशका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मीहरु वाग्मती नदी किनारमा प्रत्येक हप्ता जम्मा भएर सफाइ गर्ने गरेका छन् । रासस