१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा



अ+ अ-

काठमाडौँ। जेन–जी आन्दोलनको क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिवारदेखि पुनः सञ्चालनमा आएको हो ।

पुनः सञ्चालनमा आएको सो भाटभटेनीको शुभारम्भ गर्दै प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनि भगवानसँग प्रार्थना गर्नुभयो ।

उहाँले जेन–जी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम गरेको घटना दुःखद् भएपनि आफूले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको बताउनु भयो । प्रवन्ध निर्देशक गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुन सञ्चालनमा ल्याउने समेत बताउनु भयो ।

उहाँले जेन–जी आन्दोलनको दुःखद् घटनाले भाटभटेनीमात्रै नभएर सिंगै नेपाललाई राम्रो हुने दाबी समेत गर्नुभयो । नागासाकी र हिरोसीमा ध्वस्त भएपछि जापान बनेजस्तै जेन–जी आन्दोलनले ध्वस्त बनाएको नेपाल पनि अब राम्रो हुने प्रवन्ध निर्देशक गुरुङको विश्वास थियो ।

उहाँले भन्नुभयो,‘हे भगवान अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् । र आम नेपाली जनतालाई के भन्छु भने अब नेपाल राम्रो होस । राम्रो हुनैपर्छ । नेपालमा जुन दुर्घटना भयो । त्यो घटनाको ठूलो भार, शिकार भाटभटेनीले भोग्नु पर्यो ।

त्यो भागेपनि भाटभटेनीले हिम्मत राखेको छ–जिरो भएको एउटा भाटभटेनी उठयो । अब क्रमशः सबै चाँडै उठ्नेछ । भाटभेटनी मात्रै होइन, नेपाल नै उठ्छ । नेपालीले आफ्नै सृजना गर्छ, हामीसँग हिम्मत छ, क्षमता छ ।’

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पतीको रुपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा अर्बौंको क्षति भएको थियो । ती सबै सुपरमार्केटहरुको सञ्चालनमा ढिलाई नहुने प्रवन्ध निर्देशक गुरुङले बताउनु भयो । –न्युज एजेन्सी नेपाल