६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिसहोम इन्टरनेटको घरदैलो सेवा प्रारम्भ



अ+ अ-

डिसहोम इन्टरनेटले “Service on Door-SOD” अभियान सुरुवात गरेको छ ।

DishHome Internet ले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ “SOD” अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ ।

यस अभियानअन्तर्गत ग्राहकहरूले DishHome Internet को सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन्

“SOD” अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिनेछ । साथै, यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

अभियान सम्बन्धी विस्तृत जानकारीका लागि DishHome Internet को हटलाइन नम्बर ९८०१५४४००० मा सम्पर्क गर्न सकिने छ ।