२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाली भेगमा बाक्लो हिमपातः जनजीवन प्रभावित



अ+ अ-

फुङ्लिङ । आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । 

घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात सुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हिउँ परिरहेको छ । मौमस खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।” हिमपातका कारणले अत्यधिक चिसो बढेकाले सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको शेर्पाले बताउनुभयो ।

हिमपात पर्न सुरु भएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोले केटाकेटीको हात कक्रिन्छ । कक्षा कोठामा बस्नै सक्दैनन् । हिमाली गाउँमा न्यानो कपडा किन्न पसल पनि हँुदैन । त्यसैले विद्यालय अहिले बन्द गरिएको छ ।” हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीयवासी टासीतेन्जीले शेर्पाले बताउनुभयो । हिमाली क्षेत्रका प्रमुख पुख्र्यौली पेशा पशुपालन हो तर हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने उहाँको भनाइ छ । सबैभन्दा याक, चौँरीको बाछाबाछीलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाले बताउनुभयो ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा निकै बाक्लो हिमपात भइरहेको स्थानीयवासी तेन्जी शेर्पाले बताउनुभयो । मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला क्षेत्रमा पनि हिमपात जारी रहेको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताउनुभयो ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिनभयो । यता ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पनि गए रातिदेखि वर्षा हुन जारी रहेको छ । हिमपात भएसँगै चिसो बढेको छ । अध्यधिक जाडोेले जनजीवन प्रभावित भएको छ ।

हुम्लामा भारी हिमपात 

सिमकोट– हुम्लामा पनि भारी हिमपात भएको छ । भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

आज बिहानदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटबाट उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिटसम्म हिउँ जमेको छ । 

हिमपातले नाम्खा गाउँपालिकाको लिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले बताउनुभयो । यस वर्षकै ठूलो हिमपात भएको बताउनुभएका लामाका अनुसार हिमपातले मुचुकाखोलामा पानी जमेर बहाब कम भएको छ । सबैतिरको पानीसमेत जमेर पूरै ठोस भएको छ । जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा जमेका छन् । मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानीसमेत ठोस बनेका हुन् ।

सिमकोटमा दुई फिट हिउँ

आज बिहानदेखि निरन्तररूपमा परेको हिमपातले हुम्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । हिमपातले सिमकोटको तापक्रम माइनस १२ डिग्रीभन्दा तल झरेको छ । अत्यधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँसमेत सुनसानजस्तै देखिएका छन् ।

निरन्तररूपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र जाडोबाट बच्न जिल्लाका सबैलाई आग्रह गरेका छन् । (रासस)