९ भाद्र २०८३, मंगलवार
,
Latest
आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा लुटपाट र आतङ्क मच्चाउने १० जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौंमा रातीको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । प्रहरीले बुधवारदेखि सर्च अपरेसन चलाएर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिनुभयो । उनीहरूले जेन–जी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरुलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताउनु भयो । लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार तामाङ जेन–जी आन्दोलन अगाडी पनि बुढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए । भदौ २४ मा उनी हिरासतबाट भागेका थिए । हिरासतबाट भागेपछि समूह बनाएर विभिन्न ठाउँमा लुटपाट गर्ने गिरोह गठन गरेर सक्रिय भएको उहाँले बताउनु भयो । बुधवार साँझदेखि बिहीबार बिहानसम्म सञ्चालन गरेको सर्च अपरेसनमार्फत उनीहरुलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडी बढाएको उहाँले जानकारी दिनुभयो । पक्राउको क्रममा दोहोरो झडप हुँदा प्रहरी र विनय तामाङ घाइते भएका छन् । हालसम्म उक्त गिरोहले स्वयम्भूमा ७ वटा, महाराजगञ्ज तथा बुढानिलकण्ठ क्षेत्र, बौद्ध क्षेत्र र गौशला क्षेत्रमा ३÷३ वटा र ठिमीको क्षेत्रमा १३ वटा लुटपाट गरेको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । उनीहरु विरुद्ध हालसम्म २७ वटा जाहेरी आएका छन् । पक्राउ पर्नेहरुमा विनयसँगै आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा, फुर्वा तामाङ रहेका छन् । उनीहरुसँगबाट प्रहरीले ३ वटा मोटर साईकल, एउटा ट्याक्सी तथा सुनका गरगहना तथा नगद रुपैयाँ बरामद गरेको छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो ३ महिनाको समयमा प्रहरीलाई चुनौतीको रुपमा एउटा घटना आएको थियो । विशेषतः रातिको समयमा मोटरसाईलमा आएर लुटपाट गर्ने घटना बढिरहेको थियो । यसलाई हामीले अत्यन्त संवेदनशील भएर यो समूहमाथी हामीले निगरानी, प्रहरी परिचालन गरेका थियौँ । रातीको समयमा दुई वटा मोटर साईकलमा आएर प्रत्येक मोटरसाईकलमा ३÷३ जना बसेर राती १२ बजेपछि  विहान ४ बजेसम्म जो मानिस सडकमा आउनुहुन्छ, उनीहरुलाई लुटपाट गर्ने उद्देश्यले संगठित गिरोह सक्रिय भएको अवस्था थियो । त्यो गिरोहलाई हिजो साँझ ६ बजेदेखी नै हामीले अपरेशन चलाएर आज विहान करिब ३ बजे यो अपरेशन टुंग्यिएको छ । यो क्रममा हामीले यो कार्यमा संलग्न रहेका १० जनालाई नियन्त्रणमा लिएका छौँ । नियन्त्रणमा लिने क्रममा प्रहरीसँग झडप हुने क्रममा एक जना प्रहरीको गोली लागेर घाइते अवस्थामा रहेका छन् । उनी उपचारको क्रममा अस्पतालमा छन् ।’

‘यो समूह जेन–जी आन्दोलन पछि संगठित भएको देखिन्छ । यो समूह दिनभरी ट्याक्सी चलाउने, ट्याक्सी पनि हामीले नियन्त्रणमा लिएका छौँ । अन्य सवारी साधन चलाउने र रातीको समयमा ९ बजेतिर जम्मा हुने र खाना खाएर रातको १२ बजेपछि विहान ४ बजेसम्म मोटरसाईकलमा बसेर लुटपाट गर्ने र लुटपाट गरेपछि फेरि सबै जम्मा भएर ट्याक्सी वा प्राईभेट कारमा गएर लुटेराहरु बस्ने गरेको देखिन्छ । मोटरसाईलमा प्रहरीले चेकिङ गर्न थालेपछि उनीहरु प्रहरीलाई पनि चक्मा दिनेगरि अन्य सवारीसाधानमा चढेर भाग्ने ट्रेड यो समुहको देखिन्छ । यो समुहको टिम लिडरको विनय तामाङ रहेका छन् । निजले विगतमा पनि विभिन्न किसिमको चोरी डाका गरेको देखिन्छ । उनले नै अन्य १० जनलाइ परिचालन गरेको देखिन्छ । विनय तामाङ गत भदौ २४ गते भन्दा अगाडी बुढानिलकण्ठ क्षेत्रमा चोरी डाका मुद्दामा प्रहरी नियन्त्रणमा रही महाराजगञ्ज हिरासतमा रहेका थिए । भदौ २४ गते उनी हिरासतबाट फरार भएका थिए । सोही पश्चात उनले यो समूह गठन गरेर विभिन्न ठाउँमा लुटपाट गरेको देखिन्छ । अहिलेसम्म स्वयम्भूमा ७ वटा, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रमा ३ वटा, बौद्ध क्षेत्रमा ३ वटा, गौशला क्षेत्रमा ३ वटा र ठिमीको क्षेत्रमा १३ वटा घटनाहरुमा उनीहरुको संलग्नता रहेको देखिन्छ । अहिलेसम्म २७ वटा जाहेरी आएका छन् ।’ 

प्रहरीकाअनुसार पक्राउ परेका सबै जना विगतमा पनि चोरी र डाका मुद्दामा पक्राउ परेका व्यक्तिहरु रहेका छन् । महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए । लुटपाटमा संलग्नहरु काभ्रे, रामेछाप र सिन्धुली क्षेत्रका रहेका छन् ।




भर्खरै