४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकताः राष्ट्रिय सभा सदस्यहरु

भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकताः राष्ट्रिय सभा सदस्यहरु
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकता हुनुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।

उनीहरुले गत भदौ २३ र २४ गतेको युवा पुस्ताको आन्दोलनले पनि भ्रष्टाचार निर्मूल गर्नुपर्ने र सुशासन कायम हुनुपर्ने माग राखेको र सबैको चाहना भ्रष्टाचार मुक्त देश रहेको बताए । उनीहरुले भ्रष्टाचार के हो ? घुस के हो भन्नेबारे सबैलाई जानकारी दिन र त्यसको परिभाषा गर्न जरुरी रहेको बताए । राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले सदाचार के हो ? भन्नेबारेमा परिभाषा गर्न जरुरी रहेको बताउनु भयो । उहाँले इमान्दारिताको बारेमा पनि सबैलाई बुझाउन पनि जरुरी रहेको बताउनु भयो । उहाँले पेशागत इमान्दारिता, सांस्कृतिक सदाचारबारे सबैलाई स्पष्ट रुपमा बुझाउन जरुरी रहेको बताउनु भयो । नीति बनाएर मात्रै नहुने भन्दै कार्यान्वयन मुख्य रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सदाचार भनेको के हो ? घुस लियो, भ्रष्टाचार हुनु हुँदैन भन्छौँ, के गर्दा भ्रष्टाचार हुन्छ, के हो भ्रष्टाचार भनेको । घुस लियो भन्छौँ हामी, घुस भनेको के हो ? हामीले धेरै भन्छौँ इमान्दारिता भएन भनेर के हो त पेशागत इमान्दारिता के हो ? सांस्कृतिक सदाचार भनेको हो ? त्यसलाई स्पष्ट ढंगले बुझाउन सकेनौँ भने यो नीति बनाएर मात्रै पनि कार्यान्वयन गर्न गाह्रो हुन्छ ।’

राष्ट्रिय सभा सदस्य रुक्मिणी कोईरालाले भ्रष्टाचाररहित देश बनाउने सबैको चाहना भएपनि कसले र किन हुन दिइएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताउनु भयो । उहाँले विगतका सरकारले गरेका कामहरुबारे पनि मूल्यांकन गर्न जरुरी रहेको बताउनु भयो । देशलाई ग्रेलिस्टबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार नभएको देश बनाउने हामी सबैको चाहना हो । भ्रष्टाचारबिहीन देश बनाउन कसले र केले दिएन होला ? मलाई लाग्छ । यसको खोजि गर्नैपर्छ । विगतमा कुन सरकारका पालामा केके भए त्यसबारेमा पनि खोजि गर्नुपर्छ । जेनजी आन्दोलनअघिका अर्थमन्त्रीले अब नेपाल ग्रे लिस्टबाट माथि जान्छ भन्ने कुरा उठेको थियो, हामीले थाहा पाएका थियौँ । यसबारे पनि सोच्नुपर्छ ।’

राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सबैको उद्देश्य सदाचार र असल समाज निर्माण गर्नु रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारमुक्त नेपाल र स्वाभीमानी नेपाली भएर बस्ने रहर सबैको रहेको बताउनु भयो । उहाँले अदालतमा वर्षौंसम्म मुद्दा थन्किने, अख्तियारमा पनि वर्षौंसम्म नटुंगिने समस्याको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सबैले आफ्नो कर्तव्यपालना नगरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताउनु भयो । नियम, कानून, पालना नगर्ने र कर्तव्य पालना नगर्नेलाई कठोर कारबाही हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैको उद्देश्य भनेको सदाचार हो । हामीले असल समाज निर्माण गर्ने र भ्रष्टाचारमुक्त एवं सबै नेपाली जनताले स्वाभिमानका साथ बाँच्न पाउने कुरालाई जोड दिइएको छ । विभिन्न निकायको काम र कर्तव्यको बारेमा उल्लेख गरिएको छ । अदालतमा वर्षौं फाइल बाँकी रहन्छ, अख्तियारमा गएपछि वर्षौं रोकिन्छ । विकास निर्माणका बारेमा एउटा प्रक्रिया छ, त्यहाँ पनि भ्रष्टाचार हुन्छ । जति ढिलो गरेपनि, जति म्याद थप गरे पनि हुने र अरुलाई मात्र दोष दिने चलन छ । सबैले आफ्नो कर्तव्यपालना नगरेका कारण यही स्थितिमा चलिरहेको छ । नियम, कानून, पालना नगर्ने र कर्तव्य पालना नगर्नेलाई के गर्ने भनेर नीति बनाउने र कारबाही गर्नुपर्छ ।’

राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले नीति बनाउने तर कार्यान्वयन पक्ष फितलो हुनु नै अहिलेको समस्या भएको बताउनु भयो । नीतिहरु रछ्यानमा राख्ने नभइ कार्यान्वयन गर्नसक्नुपर्ने बताउनु भयो । उहाँले शपथ खाएअनुसार नै काम र कर्तव्य पालना गर्ने हो भने सोचेको जस्तो देश बनाउन सकिने बताउनु भयो । शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको देश नेपालमा २५ सय वर्षपछि सदाचार नीतिबारे छलफल गर्नु नै दुःखको कुरा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नीति बनाउँछौँ, कार्यान्वयन पक्ष फितलो भएको कारणले ति नीतिहरु त्यसै रक्षानमा बसेका छन् । यो बनाउने कुरा राम्रो कुरा हो । शपथ जसरी खाएका छौँ, सबै पदाधिकारीले शपथ खाएका छौँ, घुस पनि खान्छौँ, देशको सेवा कता जान्छ जान्छ, स्वनियमनको कुरालाई कायम गर्नसके आदर्श राज्य हुन्छ । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको देश हाम्रो नेपालमा सदाचारको बारेमा छलफल गरिरहेका छौँ । २५ सय पछि हामी बल्ल छलफल गर्दैछौँ । सदाचार बन्नेकुरा गौतम बुद्धको शिलमा नै आएको छ ।’

बैठकमा बोल्दै अन्य सांसदहरुले सदाचार नीतिमा गैरसरकारी संस्थाहरुबारे पनि स्पष्ट रुपमा लेखिनुपर्ने बताउनु भयो । एन्जिओ, आइएन्जिओको प्रभाव नेपालमा धेरै रहेकाले सकारात्मक कुराबाट फाइदा लिएर नकारात्मक कुरालाई रोक्नुपर्ने बताउनु भयो । उनीहरुले बोलाएका कस्ता कार्यक्रमा जाने र कस्ता कुरामा नजाने भन्नेबारेमा स्पष्ट हुनुपर्ने बताउनु भयो । सञ्चारमाध्यमहरुले जे भनिदिए पनि हुने अवस्थाको अन्त्य गर्न पनि सदाचार नीति जरुरी रहेको बताउनु भयो ।