३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार
अ+ अ-

काठमाडौँ । एक–अर्को दलका उम्मेदवारबीच आरोप–प्रत्यारोपसहित ‘बोलचाल बन्द’ को स्थितिबाट निर्वाचनमा होमिने गरेका राजनीतिक दल र उम्मेदवारमा यस पटक भने हार्दिकता देखिएको छ ।

विसं २०६२/६३ को परिवर्तनपछि कुनै न कुनै रूपमा हुँदै आएको चुनावी तालमेल र मिलिजुली सरकार गठन गर्ने परिस्थितिले पनि एक–अर्काप्रति नजिक्याएकाले पनि हार्दिकता प्रकट गर्ने वातावरण बनाएको अनुमान गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी सिन्धुली निर्वाचन क्षेत्र नं २ का उम्मेदवार लेखनाथ दाहाल एकअर्को दलको नेता तथा कार्यकताप्रति समेत हार्दिकता देखिँदा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र मितव्ययी तुल्याउन सहयोग पुग्ने धारणा राख्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “नेता तथा कार्यकर्ताबीचको हार्दिकता र शालीनताले चुनावी वातावरण सहज तुल्याउँछ । निर्वाचनलाई खर्चका हिसाबले विशिष्टिकृत नतुल्याइ सामान्य बनाउन जनतामाझ पुगेर अन्तरसंवाद गर्ने, विश्वास दिलाउने र मत माग्ने कार्य गर्नु नै असल अभ्यास हो ।”

उहाँका अनुसार राजनीति सङ्ग्लिँदै गएकाले विगतमा पार्टी कमिटीमार्फत जनतामा पुग्ने गरेको उम्मेदवार अहिले प्रत्यक्ष जनता सहभागी हुने परिस्थिति बनेको छ । भिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत अरु उम्मेदवारको विचार सुन्ने र बुझ्ने वातावरण मिलेको छ । यसले लोकतान्त्रिक राजनीति संस्कारको विकास भएको देखाउँछ ।

“अर्कातर्फ ग्रामीण बस्तीमा प्रभाव कम भए पनि निर्वाचनलाई मितव्ययी बनाउन ‘डिजिटल प्लेटफर्म’ प्रयोग गर्न सकिन्छ । जनताले पनि सामाजिक सञ्जालमा कसको उपस्थिति राम्रो रहेछ भनी यकिन गरी त्यसैका आधारमा मूल्याङ्कन हुन थालेको अनुमान गर्न सकिन्छ”, पूर्वसांसद दाहालले भन्नुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजाल निर्वाचनको अत्यन्त प्रारम्भिक चरणमा रहेकाले आगामी दिन कसरी अघिबढ्ने भन्ने अहिले नै आकलन गर्न बाँकी नै रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सूचना प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने ठूलो चेतना छ, तर त्यसको प्रयोग कतिको प्रभावकारी हुन्छ रु मतदाता र उम्मेदवारको भेटघाटको सट्टामा काम गर्छ, अहिलेको आकलन गर्न सकिन्न ।”

सहरी क्षेत्रमा सामाजिक सञ्जालको प्रयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै नेता रिजालले गाउँघरमा भने मतदाता उम्मेदवारलाई देख्न र भेट्न चाहने बताउनुभयो । उहाँले मोरङ क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी गुल्मी निर्वाचन क्षेत्र नं १ मा एमाले नेता प्रदीप ज्ञवाली र कांग्रेस नेता चन्द्र भण्डारीले त्यसखाले संस्कार प्रस्तुत गर्दै आउनुभएको थियो । यस्तै झापामा माओवादी नेता राम कार्की र कांग्रेस नेता विश्वप्रकाश शर्माले पनि एकअर्काप्रति लोभलाग्दो सम्मान व्यक्त गर्दा सबैबाट प्रशंसा भएको थियो ।

नेकपा (एमाले) सर्लाही क्षेत्र नं ३ का उम्मेदवार हरिप्रसाद उप्रेती निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढेको प्रतिक्रिया दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कतिपय उम्मेदवारको स्वभावमा पनि भरपर्ने भएकाले हार्दिकताको विषय त्यससँग जोडिन्छ । तर असल राजनीतिक संस्कार अघि बढेको छ, जसले समाजलाई सकारात्मक सन्देश प्रवाह गरेको छ ।”

पूर्वमन्त्री उप्रेतीका अनुसार, चुनावमा खर्च गर्ने प्रवृत्तिमा सुधार आवश्यक छ । गाउँ र समाजको संरक्षण गरेर बसेका निष्ठावान्, सम्पत्ति नभएका मानिस प्रतिस्पर्धा गर्न पाउनुपर्छ । त्यस्ता व्यक्ति नीति निर्माण तहमा पुग्नुपर्छ । राज्यले त्यस्तो वातावरण गर्न सकेन भने राज्य ठीक ढङ्गले अघि बढन सक्दैन । मुख्य कुरा निर्वाचनमा खर्च गर्न नपर्ने प्रणालीको विकास गर्नुपर्ने छ ।

राष्ट्रिय जनता दल नेपालका तर्फबाट सर्लाही क्षेत्र नं १ का उम्मेदवार रामप्रकाश चौधरी यसअघिको निर्वाचनमा एक अर्कालाई देखेरनदेखेजस्तो गर्ने प्रवृत्ति अहिले आफूले महसुस नगरेको बताउनुहुन्छ । “पहिलेजस्तो तनाव र पानी बाराबारको स्थिति अहिले छैन, हार्दिककता साटासाट गरेर नै चुनावी माहोल अघि बढिरहेको छ । विगतको जस्तो जुलुस लिएर घर दैलो गर्ने कार्य निकै कम छ”, उहाँले भन्नुभयो, “जनताका केही गुनासो छ । पाँच वर्षका लागि पठाएको किन फर्केर आएको भन्ने प्रश्न सुन्न परेको छ ।”

जिल्लाका मतदाता प्रविधिसँग अभ्यस्त नभइसकेकाले सम्पूर्ण चुनावमा प्रविधिमय भइहाल्छ भन्ने हुन्न । सहरी क्षेत्रमा यसको सदुपयोग र दुरूपयोग दुवै छ । असल अभ्यासलाई आत्मसात् गर्नुपर्छ तर प्रविधिको प्रयोगको पाटोमा जाँदा त्यसमा पनि खर्च गर्नुपर्ने अवस्था छ ।

नागरिक उन्मुक्ति पार्टी नेपालकातर्फबाट बर्दिया निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अब्दुल खान जिल्लाका सबै निर्वाचन क्षेत्रमा भाग लिने राजनीतिक दल र उम्मेदवारबीच सौहार्दता रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एकले अर्काप्रति आरोप प्रत्यारोप नगरी जनता नै सर्वोपरि हुन् भन्ने भावनाले मतदाता भेटघाट चलाएको र निर्वाचनको तयारीमा जुटिरहेको अवस्था छ ।”

उम्मेदवारी दर्ता गराउँदा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमुक्ति पार्टीका उम्मेदवारले सँगै उभिएर तस्वीर खिचाएको दृष्टान्त दिँदै उहाँले भन्नुभयो, “जनताको हातमा फैसला छ, जनता निकै सचेत छन्, निर्णय गर्न जनतालाई छाडेका छौँ । हामीबीच कुनै तिक्तता छैन ।” निर्वाचनको प्रसारप्रसारमा सामाजिक सञ्जालले धेरै सजिलो पुर्‍याए पनि केही व्यक्तिले त्यसको दुरूपयोग गरी व्यक्ति विशेषलाई लक्षित गरी बदनाम गर्ने प्रवृत्ति सच्याउनुपर्ने उहाँको भनाइ छ । नारायण न्यौपाने/रासस