काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ ।
यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।
सामग्री
–दुई चम्चा ताजा एलोभेरा जेल
–एक गिलास पानी
कसरी प्रयोग गर्ने ?
–एलोभेरा जेललाई पानीमा राम्रोसँग मिसाएर पिउने ।
कतिपटक प्रयोग गर्ने ?
– तपाई दिनभरमा एक देखि दुई गिलास पिउन सक्नुहुन्छ ।
कसरी फाइदा पुर्याउँछ ?
– पेटमा ग्यास भरिने गर्दा जलन हुन्छ, यसलाई समाधान गर्न सबैभन्दा उत्तम उपाय एलोभेरा जेल रहेको छ । एलोभेरामा एन्टीइम्फ्लेमेटरी गुण रहेको हुन्छ । जसले पेटमा हुने ग्यास भरिएर पेट पोल्नबाट बचाउँछ । यसका साथै यसले एन्टीसेप्टीक एजेन्टी पनि रहेको छ, जसको काम संक्रमण फैलाउने ब्याक्टेरियालाई मार्ने गर्छ । ग्यासको समस्याबाट छुटकारा पाउनको लागि एकपटक यो उपाय अवश्य प्रयोग गर्नुहोला ।