६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

फरक कार्यशैलीमा विपक्षीलाई साथमा लिएर अघि बढ्ने तयारीमा प्रधानमन्त्री

फरक कार्यशैलीमा विपक्षीलाई साथमा लिएर अघि बढ्ने तयारीमा प्रधानमन्त्री
अ+ अ-

काठमाडौं । सरकारले गरेको कतिपय काम कारबाही विवादमा तानिएका र तान्न खोजेको भन्दै विपक्षी र सत्ता पक्षले आरोप लगाइरहेका छन् । कतिपय विवाद त नागरिक स्तरबाट पनि उठिरहेका छन् । प्रधानमन्त्री, सम्बन्धित विषयका मन्त्री र कतिपय सरकारी निकायका कर्मचारीको असावधानीका कारण गरिएका कामकारवाही विवादमा मुछिएका छन् । सत्ता सञ्चालनमा छलफल नै गर्न नचाहेको र विवाद भएपछि पार्टीले पनि रोक्न नसक्ने अवस्था आइरहेको सत्तारुढ नेकपाकै नेताले पनि भनिरहेका छन् ।

विवाद बढ्ने क्रम नरोकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याएका छन् । सरकार गठन भएको करिब दुई वर्ष पुग्न लाग्दा उनले सबै पक्षसँग छलफल र सम्वाद सुरु गरेका हुन् । उनले सत्तारुढ दलकै शीर्षस्थ नेता, विपक्षी दल, कतिपय सांसद्सँग छुट्टा छुट्टै र सामूहिक छलफल सुरु गरेका हुन् । केही समय अगाडि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमै लामो छलफल गरेका उनले गत बिहीबार अर्का वरिष्ठ नेता झलनाथ खनालसँग ४ घण्टा लामो कुराकानी गरेका थिए ।

भेटमा विशेषगरी पार्टी र सरकारको कामकारवाहीका विषयमा केन्द्रित भएको बताएपनि प्रधानमन्त्री ओलीले त्यसलाई पारिवारिक भेटघाटका रूपमा प्रस्तुत गर्न खोजेका थिए । ‘प्रधानमन्त्रीसँग लामो समयपछि भेटवार्ता भयो । सुख दुःखका कुरा भए । प्रधानमन्त्रीको कार्यभार सम्हालिरहँदा आइपरेका कठिनाइ, चुनौतीका बारेमा कुराकानी भयो । मैले केही सल्लाह, सुझाव पनि दिएँ’, भेटपछि खनालले भने । पछिल्लो समय पार्टी अध्यक्षसमेत रहेका ओलीको कार्यशैलीप्रति वरिष्ठ नेताले प्रश्न उठाउँदै आएका वेला भेटवार्ता भएको हो ।

पार्टीका औपचारिक/अनौपचारिक मञ्चमा नेता खनालले पार्टी, सरकारको कामकारबाहीप्रति पनि असन्तुष्टि राख्दै आएका थिए । उसो त उनलाई सचिवालय बैठकमा पछिल्लो पटक नेताहरू एक्लाउन खोजेको चर्चापनि नेकपाभित्र नचलेको भने होइन । विशेषगरी उपाध्यक्षमा प्रस्ताव गरिएका वामदेव गौतमको निवासमा भएको भेलाले ओली बढी नै झस्किएका छन् । त्यो भेलाको आशंका उनमा अझै नमेटिएको नेकपाकै कतिपय नेताहरूको भनाइ छ । यद्यपी भेलामा सहभागी भएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेला सामान्य छलफलका लागि मात्र भएको प्रष्टिकरण दिएका थिए ।

जसको असर सभामुख चयनमा देखिएको ओली पक्ष नेताहरूको बुझाइ छ । पार्टीभित्रैबाट अप्ठेरो अवस्था सृजना भएपछि उनले विपक्षी दलसँग पनि परामर्श बाक्लो बनाएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगका पदाधिकारी नियुक्त गर्दा विपक्षीसँगको परामर्शमा गरे । राजनीतिक सहमतिलाई उनले फेरी ब्युँताउन चाहेको नेकपाका नेताहरूले प्रतिक्रिया दिएका छन् । यसक्रममा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिका विषयमा शनिबार बिहान पुनः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

प्रचण्डसहित बालुवाटारमा करिब डेढ घण्टा भएको छलफल सहमतिमा नपुगेपनि छलफललाई निरन्तरता दिने भन्दै नेताहरू निस्किए । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीले नियमितरूपमा संसद्मा रहेका दलहरूसँग गर्दै आएको छलफलको पाटो अनुरूप नै शनिबार दुई दलका शीर्ष नेताबीच भेटघाट भएको बताए । उनले भने, ‘दलका नेताहरूसँग प्रधानमन्त्रीको नियमित छलफल गर्ने नीतिअनुसार बैठक बसेको हो । संसद्मा रहेका दलहरू त्यसमा पनि प्रमुख प्रतिपक्षसँग छलफल, सल्लाह गर्ने र समझदारी गर्ने भन्ने प्रधानमन्त्रीको सोच छ । भरसक सबै विषयहरूमा प्रतिपक्षी दलसँग छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने उहाँको सोच रहेको छ ।’

पछिल्लो समय प्रधानमन्त्रीले संसद् र संसद् बाहिरका कतिपय राजनीतिक विषयमा संसद्मा रहेका दलहरूसँग समझदारी गरेर अगाडि बढ्न खोजेको नेम्वाङको भनाइ थियो । ‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो’, उनले भने, ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’ प्रधानमन्त्री ओलीले आउँदा दिनमा पनि पार्टी भित्रैका नेताहरूसँग छलफल अगाडी बढाउने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

विशेषगरी माघ १५ गतेदेखि बोलाइएको केन्द्रीय कमिटी बैठकका विषयमा नेताहरूसँग परामर्श गर्ने तयारीमा जुटेको बताइएको छ । पार्टी एकताभएपछि पहिलो पटक राष्ट्रिय सभा गृहमा नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एकतालाई अनुमोदन गर्न बोलाएपछि पहिलो पटक बैठक आह्वान गरिएको हो । नेकपामा ४४५ जना केन्द्रीय सदस्य रहेका छन् । सौर्य दैनिकबाट