२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेसको आवश्यकता छः केन्द्रीय सदस्य अर्याल



अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेस अहिलेको आवश्यकता भएको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सबै वर्ग र समुदायको सक्रिय समावेशिता बिना सङ्गठन चल्न नसक्ने भएकाले यसतर्फ सबै सम्वेदनशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गुटगत राजनीतिले गर्दा पार्टीमा स्थापित नेताले पनि पराजय भोग्नुपरेको उल्लेखगर्दै आगामी निर्वाचनमा सफलता हासिल गर्न कटुता त्याग्नुपर्ने बताउनुभयो । 

केन्द्रीय सदस्य अर्यालले आर्थिक विकास र समृद्धिका लागि कांग्रेसले मुलुकमा प्रशस्त रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित भएर योजना बनाउने बताउँदै कांग्रेसको बहुमतको सरकार बनेमा मुलुकको आर्थिक विकास, सुशासन र रोजगार सिर्जना हुने दाबी गर्नुभयो ।