९ भाद्र २०८३, मंगलवार
,
Latest
आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागूऔषध खैरोे हिरोइनसहित एकजनालई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग तथा लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र००१–००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका– ३ का ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका न्यौपानेमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।




भर्खरै