६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

सभामुखका सापकोटा निर्वाचित हुँदा कुन नेताले दिए कस्तो प्रतिक्रिया

सभामुखका सापकोटा निर्वाचित हुँदा कुन नेताले दिए कस्तो प्रतिक्रिया
अ+ अ-

काठमाडौं । सभामुखमा अग्नि प्रसाद सापकोटा निर्विरोध निर्वाचित भएपछि विभिन्न राजनीतिक दलका नेताहरुले उहाँलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले निष्पक्ष रुपमा सदन सञ्चालन गर्ने चुनौती उहाँसामु रहेको बताउनुभएको छ । सापकोटाले चाहेको खण्डमा निष्पक्ष रुपमा सदन सञ्चालन हुने उल्लेख गर्दै भट्टराईले लामो समय शिक्षण पेशमा रहनुभएका सापकोटा बौद्धिक व्यक्तित्व भएको बताउनुभयो । जनयुद्धमा समेत सँगै काम गरेको स्मरण गर्नुहुँदै भट्टराईले लगनशिल भएर काम गर्ने सापकोटा क्षमता प्रति आफु जानकार रहेको बताउनुभयो । जनयुद्धमा परिवारले निकै त्याग र बलिदान गरेकाले पनि सभामुखका लागि सापकोटा उपयुक्त पात्र भएको भट्टराईको भनाई छ । ‘‘निष्पक्ष रुपमा सभालाई कसरी अगाडी बढाउनुहुन्छ भन्ने मुख्य चुनौती हो । उहाँले चाहानुभयो भने सक्नुहुन्छ । उहाँ बौद्धिक व्यक्तित्व नि हो । शिक्षकका रुपमा लामो समय काम गर्नुभयो । जनयुद्धमा लगनशिल भएर काम गर्नुभयो । उहाँको पार्टीले निकै त्याग र बलिदान पनि गरेको छ । त्यस अर्थमा उहाँ सभामुखका लागि उपयुक्त पात्र हुनुहुन्छ’’, भट्टराईले भन्नुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सापकोटा सबैले आश र विश्वास गरेका व्यक्ति भएको बताउनुहुँदै कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्नेमा विश्वस्त रहेको बताउनुभयो । प्रतिपक्षी दलका केही आशंकाहरु रहेकामा पदमा रहँदा सापकोटाले ती आशंका र सामाजिक संजाल तथा अन्य क्षेत्रबाट भइरहेका आलोचनाहरुका विषयमा ध्यान दिएर संसद अगाडी बढाउनुपर्ने नेपालले बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले नेताहरुमा आलोचना सहने बानी नरहेको बताउनुहुँदै सापकोटालाई आफ्नो योग्यता र क्षमता पुष्टि गर्ने समय आएको र यसको सदुपयोग गर्न आग्रह गर्नुभयो । ‘‘सबैले आश गरेका छन् । विश्वास गरेका छन् । यो जिम्मेवारी उहाँले कुशलताका साथ बहन गर्नुहुनेछ । प्रतिपक्षका केही आशंका छन् । तीन आशंका पनि उहाँले पदिय जिम्मेवारी सम्हाल्ने क्रममा नै ध्यानमा राख्नुहुनेछ । र समाजमा देखिएका सामाजिक सञ्जालमा देखिएका कुराहरुलाई उहाँले ध्यान दिनुहुनेछ । हाम्रो बानी आलोचना नसहने छ । त्यो कुरामा उहाँले ध्यान पु¥याउनुपर्छ । आफनो योग्यता, क्षमतालाई पुष्टि गर्ने काम गर्नुहुनेछ भन्ने विश्वास छ’’, नेता नेपालले भन्नुभयो ।

नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले सभामुख चयन भएपछि संसदमा नयाँ विधेयक पारित हुने र संविधान राम्ररी कार्यान्वयनको दिशातिर जाने बताउनुभयो । तीन दशकसम्म शिक्षण पेशा अंगाल्नुभएका व्यक्ति सभामुखमा निर्वाचित भएको बताउदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालले ३ पटक संसद, २ पटक मन्त्री बनिसकेको व्यक्तिले सभामुख राम्ररी चलाउन सक्ने बताउनुभयो । ‘‘संविधान बमोजिम, ऐन कानुन बमोजिम उहाँ जसरी निर्वाचित भएर आउनुभयो । सांसद हुनुभयो । सांसद हुने योग्यता नै सभामुख हुने योग्यता हो । यसमाथि तीन दशक शिक्षक भएर आउनुभयो । तीन पटक निर्वाचित भएर आउनुभयो । २ पटक मन्त्री हुनुभएको छ । यति लामो अनुभव भएको मान्छेले पनि सभामुख चलाउन सकेन भने कसले चलाउँछ’’, नेता खनालले भन्नुभयो ।

प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदको नेता सर्वसम्मत हुनु राम्रो भएको बताउनुभएको छ । संसद मात्रै नभएर सबैतिर यसरी नै सहमति जुट्दा राम्रो हुने उहाँको भनाई छ । सभामुख कुनै एक पार्टीको प्रतिनिधि नभएर संसदको प्रतिनिधि भएर काम गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । ‘‘सभामुख भएपछि कुनै एक पार्टीको मात्रै प्रतिनिधि नभएर संसदकै प्रतिनिधिको रुपमा गाम्भिरयताको रुपमा निष्पक्षता साथ निर्भिकताका समथ भूमिका खेल्लुपर्छ भन्ने आश लिएका छौ’’, उहाँले भन्नुभयो । महतोले उपसभामुखका विषयमा सत्तारुद दलसँग कुनै सहमति अहिलेसम्म नभएको बताउनुभयो । सत्तारुढ दलसँग अहिले कुनै सहमति र कुराकानी नै नभएको दावी गर्दै महतोले नेकपाको बहुमत रहेको र उसैले चाहेको पार्टीबाट उपसभामुख हुने बताउनुभयो ।

प्रतिपक्षी दल कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख चयन भएपछि ठीक ढंगले संसद सुचारु हुनेमा खुसी व्यक्त गर्नुभयो । सभामुखको पद तठस्थ रहेको र सत्तापक्षको सरकार भएपनि संसद प्रतिपक्षी दलको हुन्छ भन्ने विषयलाई सापकोटाले बुझ्ने अपेक्षा आफ्नो रहेको बताउनुभयो । बडुले प्रतिपक्षी दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायि बनाउने काममा सहयोग गर्ने अपेक्षा आफ्नो दलले दिएको बताउनुभयो । ‘‘सभामुख पद तठस्थ रहेर अझ बढी सत्तापक्षको सरकार हुन्छ भने प्रतिपक्षको संसद हुन्छ भन्ने विषयलाई उहाँले बुझ्नुहुन्छ भन्ने अपेक्षा छ । प्रतिपक्ष दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायी बनाउने कामममा सहयोग हुने अपेक्षा लिएका छौँ’’, उहाँले भन्नुभयो ।

हिउँदे अधिवेशन सुरु भएको लामो समयपछि प्रतिनिधिसभाले सभामुख पाएको छ । सत्तारुढ दलबाट सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।