६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

चार महिनामा भित्रियो ३ खर्ब रेमिट्यान्स

चार महिनामा भित्रियो ३ खर्ब रेमिट्यान्स
अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा तीन खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म तीन खर्ब चार अर्ब ९७ करोड रुपैयाँ नेपाल भित्रिएको हो । नेपाल आएको कुल रेमिट्यान्समध्ये खाडी मुलुकहरूबाट मात्र आधाभन्दा बढी रकम आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंकका अनुसार खाडी मुलुकबाट ५० दशमलव ३ प्रतिशत रेमिट्यान्स आएको छ । खाडीबाहेक छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

खाडी मुलुक मध्ये नेपालीहरूको पहिलो रोजाईमा परेको कतारबाट सबैभन्दा बढी रकम आएको छ । उक्त चार महिनामा कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो कुल रेमिट्यान्सको १७ दशमलव ७ प्रतिशत हो । कतारपछि सबैभन्दा बढी रकम भारतबाट आएको देखिएको छ । भारतबाट ४३ अर्ब १६ करोड रकम नेपाल आएको छ । पश्चिमी जिल्लाबाट अधिकांश नेपालीहरू भारतमा काम गर्न जाने भएकाले त्यहाँबाट आउने रकम बढी देखिएको हो । ठुलो संख्यामा नेपालीहरू रोजगारीका लागि भारतमा आश्रित रहने गरेका छन् ।

त्यसैगरी, युनाईटेड अरब इमिरेट्सबाट ४० अर्ब ८७ करोड, साउदी अरेबियाबाट ३८ अर्ब १५ करोड रूपैयाँ रेमिट्यान्स उक्त चार महिनामा नेपाल भित्रिएको छ । मलेसियाबाट भने २९ अर्ब ६६ करोड रूपैयाँ रेमिट्यान्स आएको छ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा कामदार पठाउन बन्द भएपछि त्यहाँबाट आउने रेमिट्यान्स घटेको छ । केही वर्षअघि भने मलेसियाबाट आउने रेमिट्यान्स सबैभन्दा बढी हुने गरेको थियो । राष्ट्र बैंकका अनुसार कुवेतबाट ११ अर्ब ५२ करोड र बहराइनबाट आठ अर्ब ७९ करोड रूपैयाँ रेमिट्यान्स प्राप्त भएको छ । खाडी मुलुकहरूबाट प्राप्त हुने कुल रमेट्यिान्समध्ये कुवेत र बहराइनबाट आउने रेमिट्यान्स चार प्रतिशतभन्दा कम रहेको छ ।

खाडी मुलुकबाहेक, अमेरिकाबाट २५ अर्ब ४२ करोड, जापानबाट २२ अर्ब ८७ करोड, कोरियाबाट ६ अर्ब १५ करोड, बेलायतबाट पाँच अर्ब चार करोड, अस्ट्रेलियाबाट १ अर्ब ३४ करोड र अन्य मुलुकबाट १८ अर्ब सात करोड रूपैयाँ रेमिट्यान्स प्राप्त भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । नेपालको अर्थतन्त्र चलायन बनाउने प्रमुख आधार नै रेमिट्यान्स हो । नेपाललाई अन्तर्राष्ट्रिय दातृ निकाय तथा मित्र राष्ट्रहरूले प्रदान गर्ने विकास अनुदान र नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानीको तुलनामा रेमिट्यान्स आप्रवाह अधिक भएकोले नेपालमा विदेशी विनिमय सञ्चितिको प्रमुख आधार पनि रेमिट्यान्स नै रहेको छ ।

२०७६ असार मसान्तसम्म १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कूल विदेशी विनिमय सञ्चिति ४८ प्रतिशतले वृद्धि भई मंसिर मसान्तसम्ममा १० खर्ब ८८ अर्ब ३१ करोड पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा संकुचन आउँदा नेपालको अर्थतन्त्रमै नकरात्मक प्रभाव पर्ने गरेको छ । आर्थिक वर्ष ०६५/०६६ मा दुई खर्ब नौ अर्ब रेमिट्यान्स आएको थियो । यस्तो आप्रवाह वृद्धि हुँदै आर्थिक वर्ष ०७५/७६ मा आठ अर्ब ७९ करोड पुगेको थियो । तर, वृद्धिदरको आधारमा हेर्दा पछिल्ला वर्षहरूमा रेमिट्यान्सको वृद्धिदर कम हुँदै गएको छ ।

आर्थिक वर्ष ०७०/०७१ मा २५ प्रतिशतले बढेको रेमिट्यान्सको वृद्धिदर त्यसपछिका वर्षहरूमा क्रमशः घट्दै गएर आर्थिक वर्ष ०७१/७२ मा १३ दशमलव ६ प्रतिशत र आर्थिक वर्ष ०७२/७३ मा ७ दशमलव ७ प्रतिशतले मात्रै बढेको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७४ मा ४ दशमलव ६ प्रतिशतले बढेको रेमिट्यान्स आर्थिक वर्ष ०७४/७५ मा ८ दशमलव ६ प्रतिशत र आर्थिक वर्ष ०७५/७६ मा १६.५ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष ०७६/७७ को दोस्रो महिनादेखि भने विप्रेषण आप्रवाह रकममा केही कमी आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

हाल संस्थागत रूपमा नेपालले वैदेशिक रोजगारीका लागि १ एक १० देशहरू खुल्ला गरेको छ । रेमिट्यान्स आएपनि सो रकम ऋण तिर्दा र खाद्यन्न किन्दैमा सकिने गरेको छ । स्थलगत सर्वेक्षण अनुसार रेमिट्यान्सको २५ दशमलव ३ प्रतिशत रकम ऋण तिर्नमा प्रयोग हुने गरेको र २३ दशमलव ९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुमा खरीदमा सकिने गरेको छ ।

त्यसैगरी, शिक्षा र स्वास्थ्यमा ९ दशमलव ७ प्रतिशत, विवाह, व्रतबन्धमा ३ दशमलव ५ प्रतिशत र घरायसी सम्पत्तिको खरिदमा ३ दशमलव० प्रतिशत प्रयोग हुने गरेको राष्ट्र बैंकले २०७२ सालमा गरेको अध्ययनले देखाएको थियो । रेमिट्यान्सको २८ प्रतिशत बचत हुने गरेको र १ दशमलव १ प्रतिशत उत्पादनमुलक क्षेत्र (व्यापार/व्यवसाय) मा लगानी भएको अध्ययनमा देखिएको थियो । सौर्य दैनिकबाट