सुर्खेत । सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रविरविक्रम शाहको सालिक पुनः राखिएको छ ।
वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसर पारेर बुधबार वीरेन्द्रचोकमा अर्ध कदको सालिक राखिएको हो ।
२०४४ सालमा वीरेन्द्रचोकमा स्थापना गरिएको सालिक २०६२/६३ को आन्दोलनको बेला गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो ।
गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा स्थानीय युवाहरुद्वारा वीरेन्द्रको जन्मयन्तीमा सालिक राखिएको हो ।