६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

भूमाफियाले बालुवाटारबाट मिचेको एक सय १४ रोपनी जग्गा फिर्ता ल्याउन जुट्यो सरकार

भूमाफियाले बालुवाटारबाट मिचेको एक सय १४ रोपनी जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
अ+ अ-

काठमाडौं । सरकारले बालुवाटारबाट भूमाफियाले मिचेको एक सय १४ रोपनी जग्गा फिर्ता ल्याउने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको छोराको नाममा रहेको आठ आनासहित मिचिएको सरकारी जग्गा फिर्ता लिने भएको हो । ललिता निवासको जग्गा प्रकरणमा जोडिएको पौडेल सहितको जग्गा सरकारीकरण गर्ने भएको हो । बालुवाटारमा सुवर्णशमसेर राणाको नाममा रहेको दुई सय ९९ रोपनी जग्गामध्ये पञ्चायतले १४ रोपनी जग्गा राज्यविरोधी काम गरेको आरोपमा जफत गरेको थियो । २०११ सालमा सरकारले बाँकी रहेको दुई सय ८५ रोपनी जग्गा मुआब्जा दिएर अधिग्रहण गरेको थियो ।

त्यसमध्ये एक सय ७२ रोपनीमा अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास, सभामुख निवास र नेपाल राष्ट्र बैंकको कार्यालय छ । बाँकी एक सय १३ रोपनीमध्ये धेरै जग्गा भू–माफियाहरुले कानुनको ठाडो उल्लंघन गरी मालपोत कार्मचारीलाई मिलाएर आफ्ना नाममा नामसारी गरेका थिए । सो जग्गामध्ये नेकपाका महासचिव पौडेलका छोरा नवीन पौडेलको नाममा ८ आना जग्गा रहेको छ । बालुवाटारमा पौडेलसहित भाटभटेनी सुपरमार्केटको स्टोर, एनआरएनएको निर्माणाधीन भवन र दर्जनौँ घर छन् ।

यसैगरी, भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदीसहित उनका आफन्तको नाममा त्यहा जग्गा रहेको छ । सो जग्गा फिर्ता ल्याउने अन्तिम तयारीमा सरकार जुटेको छ । सरकारले गठन गरेको छानबिन समिति र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले ११४ रोपनी जग्गा मिचिएको ठहर गर्दै सरकारीकरण गर्न सुझाब दिएको थियो । सोही सुझाबअनुसार सरकारले सो जग्गा आफ्नो नाममा ल्याउने तयारी गरेको हो । सरकारी उच्च स्रोतका अनुसार सरकारले सो जग्गा फिर्ता ल्याउनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको छ ।

‘नेकपाका महासचिव पौडेल लगायतको नाममा रहेको एक सय १४ रोपनी जग्गा सरकारी नै रहेको अहिलेसम्म भेटिएको कागजपत्रले पुष्टि गरेको छ’, स्रोतले भन्यो । मन्त्रिपरिषद्ले गत फागुन २८ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिले बालुवाटारको जग्गा हिनामिना भएको निष्कर्ष निकालेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा गठन भएको सो समितिले बालुवाटारको जग्गा भूमाफिया ढकाल र सुवेदीको पहलमा किनबेच भएको ठहर गर्दै फिर्ता ल्याउन सुझाब दिएको थियो ।

सरकारले थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि दिएको थियो । समितिको सुझाबअनुसार सरकारले कानुनी रूपमा भविष्यमा कुनै पनि जटिलता नआउने गरी फिर्ता गर्ने तयारी गरेको हो । स्रोतका अनुसार अख्तियारले जग्गा प्रकरणको अन्तिम प्रतिवेदन तयार गरेर मुद्दा हाल्नेबित्तिकै सरकारले जग्गा फिर्ता लिएको निर्णय गर्ने छ । ‘हामी अख्तियारले दायर गर्ने मुद्दाको प्रतीक्षामा छौं’, सरकारी स्रोतले भन्यो, ‘अख्तियारले अदालतमा मुद्दा दायर गर्नेबित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर १ सय १४ रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय गर्नेछ ।’

अख्तियारले अहिले जग्गामा मुछिएका व्यक्तिहरुसँग बयान लिने क्रम सकिएको जनाएको छ । मुद्दामा तानिएका सबै व्यक्तिसँग बयान लिइसकेको अख्तियारले मुद्दा दायर गर्नका लागि कागजपत्र मिलाउने काम गरिरहेको स्रोतले जानकारी दिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पनि बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको बताइन् । ‘सरकारले विधि पु¥याएर राम्रो नियतले कार्यसम्पादन गरेको छ, आगामी दिनमा अदालतमा कुनै समस्या नआओस् भनेर सूक्ष्मरूपमा प्रमाण जुटाइरहेको छ’, उनले भनिन् ।

सिआइबीले उच्च पदस्थ सरकारी अधिकारी र मालपोतका कर्मचारीदेखि भूमाफियासम्मको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको निष्कर्ष निकाल्दै उनिहरूलाई कारबाहीको सिफारिस गरेको थियो । सिआइवीका प्रमुख डिआइजी नीरज शाहीले सो प्रकरणमा सरकारवादी मुद्दा आकर्षित हुने कसुर देखिएको बताए । ‘मूलतः ठगी, किर्ते र भ्रष्टाचार भएको देखियो, भ्रष्टाचारका विषयमा अख्तियारले अनुसन्धान गरिरहेकै छ । त्यसबाट ठगी र किर्तेमा पनि मुद्दा चलाउनुपर्छ भन्ने हाम्रो राय हो,’ डिआइजी शाहीले भने ।

तीन हजार वर्गमिटर सरकारको नाममा:सरकारले व्यक्तिको नाममा रहेको दुई हजार आठ सय २९ वर्गमिटर जग्गा आफ्नो नाममा फिर्ता ल्याएको छ । देशका विभिन्न स्थानमा फरक–फरक समयमा व्यक्तिका नाममा दर्ता भएका सरकारी, सार्वजनिक र गुठी जग्गा तथा जमिन मन्त्रालयले फिर्ता ल्याएको हो । सरकारले ऐतिहासिक सम्पदास्थल, विभिन्न मन्दिर तथा धार्मिक गतिविधि सञ्चालनका लागि गठन गरिएका गुठीअन्तर्गत रही हराएका तथा अन्य अतिक्रमित जग्गाको पनि खोजी गरिरहेको छ । मन्त्री अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, ०७६ को प्रतिवेदनमा सरकारको नाममा जग्गा कायम गर्ने तथा गुठी कायम गर्नेसम्बन्धी काम अगाडि बढाइएको जानकारी दिइन् ।

सरकारले भूमिहीन, सुकुम्बासी अव्यवस्थित बसोवासीका समस्या सधैँका लागि समाधान गर्ने गरी तर्जुमा गरेको भूमिसम्बन्धी ऐन ९आठौँ संशोधन० राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि तयारी गरिएको जानकारी दिएको छ । भूमिहीनलाई भूमिमा पहुँच स्थापना गरी सामाजिक न्याय कायम गर्ने गरी निर्माण गरिएको उक्त ऐन प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भइसकेको छ । सौर्य दैनिकबाट