६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

एमसीसी अनुमोदन गर्न कसले आपत्ती गरेको छ यहाँ ? : सभापती देउवा

एमसीसी अनुमोदन गर्न कसले आपत्ती गरेको छ यहाँ ?  : सभापती देउवा
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख को सफल कार्यकालको शुभकामना दिदै आफ्नो तर्फबाट पुर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफलताको शुभकामना दिदै विपक्षी दललाई सधै विश्वासमा लिएर अघि बढ्न आग्रह गर्नुभएको हो । विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उहाँले त्यस तर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “मलाई विश्वास छ । सभामुख भईसकेपछि तपाई कुनै पार्टीको सभामुख होइन नि । सम्पुर्ण सभाको सभामुख हो । खासगरी प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुहोला । भोलीका दिनमा तपाईको सफलताका लागि यिनी कुराहरुमा हाम्रो पार्टीले पुरा पुरा सहयोग गर्ने बचन दिन्छु ।”

उहाँले संविधानको मर्म प्रतिकुल हुने विधेयकहरुलाई पास सदनबाट पास गराउन नहुने तर्फ पनि सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “अहिले प्रधानमन्त्रीले लोकतन्त्रका कुरा गर्नुभयो । खुसी लाग्यो लोकतन्त्रका खिलापका विधेयकहरु हटाउनुपर्यो ।”

उहाँले कोरोना भाईरस जोखिमको न्यूनिकरणमा विशेष पहल गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “कोरोना भाईरसका विरामीहरु नेपालमा छिरिसकेको भन्ने सुनेको छु । कारोना भाईरस जोखिम न्यूनीकरण गर्न २४ घण्टे हेल्प डेक्स राख्नु पर्यो । चिन संगको सिधा उडानले झन जोखिम पुर्याएको छ । ”

प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा उल्लेख गरेको केही प्राकृतिक धक्काका बारेमा उहाँले प्रश्न गर्नुभयो । “प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । के धक्का हो यो ? कहाँबाट आउने हो धक्का । कसले धक्का दिने भएको छ ? कसले धक्का दिनख सक्छ हामी पनि हेरुम । धक्का कसले दिदै छ प्रधानमन्त्री बोल्नुभएको छैन ।”

उहाँले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “अमेरिकाले भनिसक्यो । चिनले बोलिसक्यो हामीलाई आपत्ती छैन भनेर । कसले आपत्ती गरेको छ यहाँ ? ”