६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्यायो : वरिष्ठ नेता पौडेलले

सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्यायो : वरिष्ठ नेता पौडेलले
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्याएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकुल वातावरण नभएको उल्लेख गर्दै पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । नेकपाले एकदलिय निरङ्कुसता तर्फ अगाडी बढने आदर्शका साथ अगाडी बढेको भएपनि जनताको बहुदलसँग जोडेर आफुलाई जनवादसँग जोड्न लागेको आरोप लगायनुभयो । ‘नेकपाको आफ्नो आदर्श र सिद्धान्त एकातिर छ । जनमतको दबावम बाहाना अर्कोथरी गर्नुपरेको छ । बहुदल नमान्ने एकदलिय निरङ्कुसता लिएर देशलाई परिवर्तन गर्छु भन्ने संकल्प लिएर आएको कम्युनिष्ट शक्तिले आफुलाई बहुदलसँग जोडेर, बहुदलिय जनवादसँग भनेर जनताले बहुदल माग्या छन् भने त्यतै तिर आफुलाई जोड्ने प्रउास गरेको छ’, उहाँले भन्नुभयो ।

पौडेलले संविधान सभाको प्रकृतिका कारण संविधान आउने सम्भावना नरहेको भएपनि निरन्तर ६ वर्षसम्म संघर्ष गरेर संविधान आउन सम्भव भएको बताउनुभयो । संविधान आएपछि संविधान विपरितका कानून बनाएर काम गर्न पाइदैन भनेर खवरदारी गर्न पाइएको उहाँले बताउनुभयो । सरकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठित गर्न पाईंदैन भन्ने अवस्था संविधानले ल्याएको उहाँले बताउनुभयो ।

पौडेलले प्रेस स्वतन्त्रताका लागि जे गर्नुपर्ने भएपनि आफ्नो सधै सहयोग हुने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले नेपाली कांग्रेस भित्र अझै पनि धेरै कुराहरु मिलाउनुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । कांग्रेसलाई जोगाएर जनताले विश्वास गर्ने अवस्थामा पु¥याउन विधि र पद्धति अनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।