१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह



अ+ अ-

महोत्तरी। प्रतिनिधिसभा निर्वाचनलाई लिएर यहाँका मतदातामा उत्साह छाएको छ ।

राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्तामात्र होइन, मताधिकार नपाएकाहरू पनि चुनावको चर्चामा लागेका छन् । यो चर्चा चिया पसलदेखि हाटबजारसम्म फैलिएको छ ।

मङ्गलबार उम्मेदवारको मनोनयनपत्र दर्तासँगै आम जनमानसमा चुनावी चर्चा चलेको हो । महोत्तरीका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १४३ जनाले मनोनयनपत्र दर्ता गराएपछि जिल्लामा चुनावको वातावरण बनेको छ ।

मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार क्षेत्र नं १ मा २७, महोत्तरी–२ मा ३७, महोत्तरी–३ मा ४२ र महोत्तरी–४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरिमा १३ जना महिला उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । जसमा क्षेत्र नं १ मा चार, २ मा पाँच, ३ मा दुई र ४ मा दुई जना छन् ।

चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्वक उत्साहजनक मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

यसअघि मनोनयनपत्र दर्ता कार्यक्रमअघि गत सोमबार चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्ण परिपालनाको प्रतिबद्धता जनाएको थियो, निर्वाचनका लागि उच्चतम सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

महोत्तरीमा यसपालिको निर्वाचनका लागि चार लाख ३१ हजार २५२ मतदाता छन् । जसमा दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९६ हजार ९७ महिला र अन्य दुई रहेका जिल्ला निर्वाचन कार्यालयले यसअघि नै जनाइ सकेको छ । रासस