६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

एकता महाधिवेशन ०७७ चैत्रमा

एकता महाधिवेशन ०७७ चैत्रमा
अ+ अ-

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन ०७७ चैत्रमा हुने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सल्लाहमा महाधिवेशनको मिति केन्द्रीय कमिटि बैठकमा प्रस्ताव गरेका हुन् । सो प्रस्ताव बैठकले अनुमोदन गर्ने नेताहरूले बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटिको दोस्रो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्षद्वयले चैत्र २५ देखी ३० गतेसम्म एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

राष्ट्रिय महाधिवेशनअघि ०७७ भदौ देखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका उल्लेख छ । मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकमा राष्ट्रिय महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो । सो जिम्मेवारीअनुसार अध्यक्षद्वयले एकताले पूर्ण टुंगो नलाग्दै मिति नै घोषणा गरेका हुन् । स्थायी कमिटीमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा ०७७ चैतभित्र उल्लेख थियो । सोही प्रतिवेदनलाई परिमार्जित गरी दुवै अध्यक्षको तर्फबाट दाहालले केन्द्रीय समितिमा उक्त मितिसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

फागुनबाट देशव्यापी अभियान: राजनीतिक प्रतिवेदनमा महाधिवेशन अगाडि देशव्यापी अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । उक्त अभियान आगामी फागुन १ देखि सुरु भएर असार मसान्तमा सम्पन्न गर्नुपर्ने योजना अध्यक्षद्वयले केन्द्रीय समितिमा प्रस्तुत गरेका हुन् । आगामी फागुन १ देखि १५ सम्ममा प्रदेश, जिल्ला र स्थानीय समितिहरूले बैठक बसेर अभियानको कार्ययोजना बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

फागुन मसान्तसम्म पार्टी तथा जनवर्गीय संगठनहरू केन्द्र, जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला आयोजना गरी अभियानसम्बन्धी अन्य कार्यक्रम सञ्चालन गर्ने, चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशनअनुरूप सदस्यता नवीकरण सम्पन्न गर्नुपर्ने, जेठ मसान्तसम्म घरदैलो, पदयात्रा र टोलभेला तथा सभाको आयोजना गर्नुपर्ने र असार महिनामा स्थानीय तहहरूमा जनसभा गर्नुपर्ने अध्यक्षद्वयको प्रतिवेदनमा छ ।

प्रतिवेदनअनुसार आगामी साउन दोस्रो हप्ता जिल्ला नेकपाका समितिले आ– आफ्नो जिल्लाको अभियान समीक्षा गर्ने र प्रतिवेदन तयार गरी प्रदेश समितिमा पठाउनुपर्ने कार्यतालिका तय गरिएको छ । साउन महिनाको तेस्रो हप्ता प्रदेश समितिले आ–आफ्नो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउनुपर्ने प्रतिवेदनमा लेखिएको छ ।

साउन महिनाको चौथो हप्ता केन्द्रीय समितिले मुलुकभर सञ्चालन गरेको अभियानको समीक्षा गर्ने र प्रतिवेदन पारित गर्ने कार्यसूची प्रतिवेदनमा छ । ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने नाराका साथ अभियान सञ्चालन गर्ने उल्लेख छ । जनतामाझ जाने नेकपाको अभियानको नेतृत्व केन्द्रीय सचिवालय, प्रदेश र जिल्ला समितिहरूले गर्ने प्रतिवेदनमा उल्लेख छ ।

चिनलाई घेर्न इन्डो–प्यासिफिक रणनीति:अमेरिकाले विश्वमा आफ्नो प्रभुत्व कायम राख्न नयाँनयाँ रणनीतिको विकास गरिरहेको बताएको छ । यसैक्रममा अमेरिकाले हिन्द महासागर वरिपरिको शक्तिका रूपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्न सैन्य रणनीतिका रूपमा इन्डो प्यासिफिक रणनीतिअघि बढाइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तर, नेकपाले राजनीतिक प्रतिवेदनमार्फत हाल बहसमा रहेको मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) इन्डो–प्यासिफिक रणनीति नभएको दाबी गरेको छ । प्रतिवेदनमा नेकपा र नेकपा नेतृत्वको सरकार कुनै पनि बाह्य सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा कहिल्यै नभएको र हुन पनि नसक्ने स्पष्ट पारेको छ । ‘यदि सैन्य रणनीतिकै रूपमा अन्य कुनै पनि आर्थिक र राजनीतिक सहयोगको कुरा अगाडि आएमा नेपालले त्यसप्रकारको कुनै पनि सहयोगको प्रस्ताव मञ्जुर गर्न सक्दैन’, प्रतिवेदनमा भनिएको छ ।

‘चीन र भारतका बीचमा हुनुको नाताले देशको समग्र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवैसँग असल छिमेकी सम्बन्ध कायम राख्दै स्वतन्त्र एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका निमित्त सकारात्मक पहल बढाउनु, दुवै छिमेकीको तीव्र आर्थिक विकासबाट लाभ लिने आर्थिक कूटनीतिमा अगाडि बढ्नु र मुख्य रूपमा देशको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न अगाडि बढ्नु नै आजको आवश्यकता हो’, प्रतिवेदनमा उल्लेख छ ।

भ्रम छरे कारबाही: पार्टी र सरकारविरुद्ध जनतामा भ्रम छरे नेता कार्यकर्तालाई कारबाही प्रक्रिया सुरु गर्ने भएको छ । पार्टीभित्र अराजकता र अनुशासनहीनताको समस्या झाँगिदै गएको महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनमा उल्लेख छ । पार्टीको आन्तरिक जीवनलाई विधिसम्मत, संस्थागत र कमिटी प्रणालीमा आधारित बनाउन नसकेको उल्लेख गर्दै पूर्वसमूहको मानसिकता र पूर्वसमूहका पनि गुटका प्रशाखाहरू पार्टीका सामु चुनौती बनेर उपस्थित भएको बताइएको छ ।

गुटबन्दीलाई निर्ममतापूर्वक अस्वीकार गर्नुपर्ने र सामूहिक निर्णयमा अगाडि बढ्नुपर्ने उल्लेख छ । ‘पार्टीमा भएको छलफल र निर्णयका सम्बन्धमा अनधिकृत, तोडमरोड गरिएका र गलत सूचना सम्प्रेषण गर्ने रोगबाट पार्टी आक्रान्त बनेको छ । पार्टीको केन्द्रीय सचिवालयसमेत यस प्रवृतिबाट अलग रहनसकेको छैन’, महासचिवको २० पृष्ठ लामो प्रतिवेदनमा भनिएको छ, ‘यस्तो प्रवृत्ति बारम्बार दोहोरिने हो भने हामी बैठकमा मिडियाको प्रत्यक्ष र नियमित उपस्थितिका लागि तयार हुनुपर्ने अवस्थामा पुग्नेछौँ ।

गलत समाचार सम्प्रेषण हुनुभन्दा बैठकमा मिडियाको नियमित उपस्थिति र प्रत्यक्ष प्रशारण मन्जुर गर्नु उचित हुनेछ । के हामी यसका लागि तयार हुने हो ?’ बैठकका औपचारिक निर्णय र आवश्यक विषयहरू आधिकारिक ठाउँबाट सार्वजनिक गर्ने प्रणालीमा कायम रहनुपर्ने उल्लेख छ । पार्टीको प्रतिष्ठामा क्षय हुनेगरी अनधिकृत र गलत ढंगले सूचना सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्नुपर्ने पनि प्रतिवेदनमा भनिएको छ ।

बिहीबारबाट समूहगत छलफल:अध्यक्षद्वय र महासचिवको प्रतिवेदनमाथी बिहीबारदेखि समूहगत छलफल हुने छ । वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गरिने भएको हो । महासचिव पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो । बुधबार नै सातै प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेश कमिटीको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची भए पनि समय अभावका कारण पेश हुन सकेन ।

उक्त १५ समूहमा सचिवालय सदस्य रहने छैनन् । समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधिसमेत बनाइएको छ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने छन् । यसैगरी बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्ने दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ ।

कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ । बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयउपर छलफल गर्ने र अनुमोदन गर्ने कार्यतालिका रहेको छ । बैठकमा श्रव्य र दृश्य संकलन गरिने छ । बैठक माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सौर्य दैनिकबाट