१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने



अ+ अ-

सोलुखुम्बु। विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस फोरमले यहाँस्थित पत्तालेमा ‘सगरमाथा–लुम्बिनी जलवायु पहल–२०२६’ को शुभारम्भ गरेको छ ।

नेचासल्यान गाउँपालिकासँगको सहकार्यमा आइतबार सो कार्यक्रम औपचारिक शुभारम्भ गरिएको संस्थाका अध्यक्ष वासु गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यस पहलअन्तर्गत सन् २०२७ भित्रमा आठ हजार ८४८ बोट फलफूलको विरुवा जिल्लाको विभिन्न भागमा रोपिने छ ।

वातावरणीय सरसफाइ, वृक्षरोपण तथा जलवायु परिवर्तनसम्बन्धी सामुदायिक सचेतना कार्यक्रम समेटिएको एकवर्षे जलवायु कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ । कार्यक्रम नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष वासु गौतमले सन् २०१९ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको दश लाख बिरुवा वृक्षरोपण तथा संरक्षण पहलमार्फत वातावरण संरक्षण र जलवायु सन्तुलनका लागि दीर्घकालीन दृष्टिकोणका साथ काम गर्दै आएको उल्लेख गर्नुभयो ।

फोरमका अनुसार सन् २०१९ यता देशभर दुई लाखभन्दा बढी फलफूलका बिरुवा रोपण भइसकेको छ । संस्थाले सन् २०३० सम्म १० लाख बिरुवा रोपण तथा संरक्षण गर्ने लक्ष्य लिएको जनाएको छ । जसले संयुक्त राष्ट्रसङ्घीय सत विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रयासलाई सहयोग पु-याउने अपेक्षा गरिएको छ ।

यसै पहलअन्तर्गत आगामी फेब्रुअरी २ मा विश्व सिमसार दिवसको अवसर पारेर लुम्बिनीमा पनि समान प्रकृतिको वृक्षरोपण तथा वातावरणीय सचेतना कार्यक्रम आयोजना गरिने जनाइएको छ । रासस