१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमेन्ट उद्योगमा कार्यरत एक मजदूरको मृत्यु, एक घाइते



अ+ अ-

दाङ। लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर आज एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । घाइते हुनेमा वडा नं ७ हसनापुरका २७ वर्षीय शङ्कर चौधरी रहेका छन् ।

उद्योगमा पावर प्लान्टको काम भइरहेका बेला खनिएको ठूलो खाडलमा माटोको ढिस्को खस्दा दुईजना पुरिएका थिए ।

दुवै जनालाई उद्धार गरी लमही अस्पताल लगिएकामा अरविन्दको उपचारका क्रममा मृत्यु भएको र घाइतेको सोही अस्पतालमा सामान्य उपचारपछि शिक्षण अस्पताल कोहलपुर पठाइएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । रासस