६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग

लेखा समितिको दोहोरो मापदण्ड

लेखा समितिको दोहोरो मापदण्ड
अ+ अ-

गोकर्ण र दरबारमार्गप्रति गरम, कालिमाटी प्रति नरम

काठमाडौं । नेपाल ट्रष्टको जग्गा लिजमा दिएको विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दोहोरो मापदण्ड अपनाएको छ । गोकर्ण रिसोर्ट र दरबारमार्गमा रहेको नेपाल ट्रष्टको जग्गा भाडामा दिएको विषयमा चर्चा भएको थियो । तर, कालिमाटीमा दिएको ४ रोपनी ४ आना जग्गाको भने कुरा समेत उठेन । सरकारले गोकर्ण रिसोर्टलाई लिज अवधि ५ वर्ष कायम रहँदै थप २५ वर्षलाई दिने निर्णय गरेको थियो । यस्तै, दरबारमार्गमा रहेको १ रोपनी १४ आना जग्गा भाडामा दिँदा अनियमितता भएको हुन सक्ने आशंकाका बीच समितिले नारायणप्रसाद बिडारी र नेपाल ट्रष्टका निमित्त सचिव राजेश्वर ज्ञवालीलाई बोलाएको थियो ।

तर, यी दुई जग्गासँगै कालिमाटीको जग्गा पनि यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु डेभलपर्स प्रालिलाई ३० वर्षमा लिजमा दिइएको छ । कालिमाटीमा रहेको सो जग्गा ३० वर्षमा केवल १८ करोड रुपैयाँ मात्रै लिने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारले दिएको थियो । लेखा समिति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् भरत साहले नेतृत्व गरेको समिति हो । सोही समितिले तत्कालीन प्रधानमन्त्री एवं पर्यटनमन्त्रीको समेत जिम्मेवारी सम्हालेका कांग्रेस सभापति शेरबहादुर देउवालाई वाइडबडी प्रकरणमा चोख्याउने प्रयत्न गरेको थियो । कालिमाटीको जग्गा भाडामा दिने निर्णयमा केही त्रुटि पनि देखिएका छन् ।

नेपाल ट्रष्टले १२ माघ २०७४ मा थामसेर्कु डेभलपर्स प्रालिसँग लिज सम्झौता गरी जग्गाको भाडाबापत् ३० वर्षमा कुल १८ करोड रूपैयाँ मात्रै लिने गरी जग्गा व्यापारिक प्रयोजनको लागि दिएको हो । कालीमाटीमा नेपाल ट्रष्टको स्वामित्वमा पाँच रोपनी ६ आना दुई पैसा जग्गा छ । त्यसमध्ये, चार रोपनी चार आना जग्गा नेपाल ट्रष्टलाई व्यापारिक प्रयोजनको लागि दिइएको हो । नेपाल ट्रष्टले टेन्डर प्रक्रियामार्फत् कानुनी प्रक्रिया पुर्याएर थामसेर्कुलाई जग्गा भाडामा दिएको दाबी गरेको छ । तर, टेन्डर प्रक्रियामा थामसेर्कु डेभलपर्स प्रालि र क्लिन इन्फ्रास्ट्रक्चर प्रालि गरी दुईवटा कम्पनीले मात्रै भाग लिएको तथ्य फेला परेको छ ।

सार्वजनिक खरिद ऐन अनुसार, टेन्डर प्रक्रियामा कम्तीमा पनि तीनवटा कम्पनी वा संस्था सहभागी भएको हुनुपर्छ । यस विषयमा संसदीय समिति चुपचाप लागेको देखिएको छ । बिहीबारको समितिको बैठकमा कुनै पनि सांसद् र स्वयम लेखा समितिका सभापतिले यसविषयमा कुरा नै उठाएनन् । केवल गोकर्ण र दरबारमार्गको विषयले मात्र प्रवेश पायो । बैठकमा समिति सभापति शाहले लिज अवधि नसकिँदै थप समयका लागि लिजमा दिन किन हतार गरेको, नेपाल ट्रस्ट ऐनमा के कस्ता संशोधन गरिएको र लिज अवधि थप गर्ने निर्णय नेपाल ट्रस्ट आफैँले नगरी किन मन्त्रिपरिषद्ले गरेको जस्ता प्रश्न राखेका थिए ।

बैठकमा नेपाल ट्रस्टका निमित्त सचिव ज्ञवालीले आफूहरूले कानुनअनुसार नै जग्गा भाडामा दिएको स्पष्टीकरण दिए । उनले भने, ‘पाटन उच्च अदालतमा मुद्दा चलिरहेको छ । नेपाल ट्रस्टको भवनका बारेमा अख्तियारले पनि सोधपुछ गरिरहेको छ । हामीले क्लिन चिट पाइसकेका छौँ ।हामीले कानुनअनुसार नै जग्गा दिइएका हौँ ।’ उनले संसद्बाट पास भएको कानुनअनुसारनै काम गरिरहेको जानकारी समेत दिए । पर्यटन वर्षलाई लक्षित गरी चार सय जना अट्ने भवन बनाउन र लगानी सुनिश्चित गर्न गोकर्णको जग्गा भाडामा दिएको सचिव ज्ञवालीले प्रष्ट पार्ने प्रयास गरेका थिए ।

०५२ सालमा ३० वर्षका लागि ५० लाख डलरमा दिएको जग्गा अहिले एक करोड भन्दा बढीमा दिएको उनको भनाइ छ । कांग्रेस सांसद् मिनेन्द्र रिजालले नेपाल ट्रस्टको सञ्चालक समिति पन्छिने र सहसचिवको निर्णयमा दरबारमार्गमा रहेको ट्रस्टको जग्गा भाडामा दिनु अख्तियारको दुरुपयोग भएको बताए । ‘लिज अवधि सकिनु ६ वर्ष पहिले नै फेरि भाडामा लगाउन कुन कानुनले अधिकार दिन्छ ? समितिले उपसमिति बनाएर छानबिन गर्नुपर्छ’, उनको भनाइ छ । नेकपाका सांसद् विरोध खतिवडाले यसरी विभिन्न बहानामा लिज अवधि सकिनुभन्दा पहिले नै अरूलाई भाडामा दिँदै जाने हो भने बेथिति निम्तिने बताए ।

नेकपाका सांसद् प्रेम आले मगरले सरकारले कानुनसम्मत नै गोकर्ण र दरबारमार्गको जग्गा भाडामा दिएको उल्लेख गर्दै लेखा समितिले ठूला करदाताको कार्यालयलाई बोलाएर एनसेल कर प्रकरणमा स्पष्टीकरण लिनु पर्ने बताए । कतिपय प्रश्नमा सचिवहरू भर्खरै सरुवा भएर कार्यालय आएकाले अध्ययन गरेर थप जानकारी दिने बताएका थिए । प्रधानमन्त्री कार्यालयका सचिव बिडारीले सचिवको निर्णय एक तह तलको अधिकारीले सच्याएको कुरा कानुनअनुसार भयो कि भएन थप अध्ययन गरेर बताउले उल्लेख गरे । सभापति शाहले समितिमा आउँदा ‘अध्ययन गरेको छैन, थाहा छैन’ भन्न नमिल्ने बताउँदै एक हप्ताभित्र अध्ययन गरेर आउन प्रधानमन्त्री कार्यालयका सचिव र नेपाल ट्रस्टका निमित्त सचिवलाई निर्देशन दिए । सौर्य दैनिकबाट