२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी बन्दसत्रः समूहगत छलफलको निष्कर्ष पेश



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पुस ११ गतेदेखि राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन आज पनि बन्दसत्र जारी रह्यो । 

आज अपरान्ह १ बजे अध्यक्ष मण्डलका सदस्य गिरिराजमणि पोखरेलले बन्दसत्र सञ्चालनसम्बन्धी आचारसंहिता सुनाउनु भएपछि बन्दसत्रको कार्यक्रम अगाडि बढेको थियो । बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट प्रस्तुत ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुति बुधबार अपराह्न सवा १ बजेदेखि बन्दसत्रमा सुरु भएको प्रचारप्रसार समितिले जनाएको छ ।

राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरेर मङ्गलबार बिहानदेखि आज बिहान १२ सम्मको समय छुट्याइएको थियो । समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टङ्क राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुम्वर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गर्नुभयो ।

आठौँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन पुस १५ गते बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सञ्चालन हुनेछ । बाँकी रहेका समूहले बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।