१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगको निर्णयलाई अवैधानिक भन्दै देउवा पक्षधर नेताहरू सडकमा (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता प्रदान गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सो निर्णयलाई अवैधानिक र दुराशयपूर्ण भएको भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।

आयोगको निर्णयपछि देउवा पक्षले शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक बसी निर्णयलाई अस्वीकार गरेको छ । बैठकले आयोगको कदम संविधान, कानून र पार्टी विधानविपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । यसअघि शुक्रवार आयोगको निर्णय सार्वजनिक भएलगत्तै देउवा पक्षका कार्यकर्ताहरू आयोग परिसरमा विरोध प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले नाराबाजी गर्दै आयोगको निर्णयको विरोध गरेका थिए भने गगन थापा पक्षले खुशीयाली मनाएको थियो । देउवा पक्षले देशव्यापी प्रदर्शन र आन्दोलनको चेतावनीसमेत दिएको छ ।

नेपाली काँग्रेसमा गत पुसमा विशेष महाधिवेशनको माग उठेपछि विवाद शुरु भएको थियो । ५३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन आयोजना गरी गगन थापालाई सभापति चयन गरिएको थियो । देउवा पक्षले भने उक्त महाधिवेशनलाई विधानविपरीत भएको दाबी गर्दै आएको छ । आयोगले पार्टी विधानको धारा अनुसार ४० प्रतिशत प्रतिनिधिको मागमा विशेष महाधिवेशन वैधानिक हुने आधारमा थापा पक्षलाई मान्यता दिएको जनाएको छ ।
यो विवादले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समेत असर पर्नसक्ने आशंका गरिएको छ । देउवा पक्षले पार्टी कार्यालय नछोड्ने र आफूहरू नै आधिकारिक भएको जिकिर गरेको छ । यता थापा पक्षले एकता र सहकार्यको अपील गर्दै अगाडि बढ्ने बताएको  छ।

काँग्रेसको यो विभाजनले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । दुवै पक्षले कानूनी र सडक संघर्षलाई तिब्र बनाउने संकेत गरेका छन् ।

तस्बिरहरुःअनुप प्रधान/न्युज एजेन्सी नेपाल