२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका जेलचलान



अ+ अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। सिभिल सहकारी ठगी प्रकरणमामा  मुछिएका तामाङ सहित  हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान गरिएको छ ।  

काठमाडौ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तमाङ र श्रेष्ठ लाई जेल चलान गर्ने  निर्णय संगै अन्य १० जनालाई घरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा हुनेहरुमा बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ । 

सिभिल सहकारीमा तमाङ सहितका व्यक्तिहरुले ठगी गरेको भन्दै   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो । अनुसन्धान  पछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो ।

तमाङको समूहले ठगी गरेको भन्दै १५०३ निक्षेपकर्ताले सिभिल सहकारीमा जम्मा भएको रकम अपचलन भएको भन्दै ४२ संञ्चालक तथा पदाधिकारी बिरुद्ध विरुद्ध उजुरी दिएका थिए ।