२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका यी क्षेत्रमा भोली दिनभर बत्ती नआउने



अ+ अ-

काठमाडौं । शनिबार राजधानीका केहि स्थानमा दिनभर बत्ती नहुने भएको छ। शनिबार धापासी फिडरबाट वितरित लाइन बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरुद्ध हुने भएको हो।

नेपाल वन निगम लिमिटेडले चक्रपथ विस्तार कार्यको लागी रुख कटानका लागि नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडरअन्तर्गत वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रका विद्युत अवरुद्ध हुने जानकारी दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।