९ भाद्र २०८३, मंगलवार
,
Latest
आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दाका फरार श्री तामाङ पक्राउ



अ+ अ-

काठमाडौं — बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बैंकिङ कसुर मुद्दामा फरार रहेका भक्तपुर जिल्ला अदालतबाट मुद्दा दर्ता भई खोजतलासमा रहेका श्री तामाङलाई पक्राउ गरेको हो।

राजु लामाको जाहेरीका आधारमा नेपाल सरकार प्रतिवादी भई श्री तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। भक्तपुर जिल्ला अदालतबाट २०८० सालमा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई ललितपुर इमाडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी बाह्रबिसे नगरपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् ।

प्रहरीका अनुसार तामाङविरुद्ध विभिन्न मितिमा भक्तपुर र काठमाडौंका जिल्ला प्रहरी परिसरहरूमा बैंकिङ कसुर मुद्दा दर्ता भएका थिए। अनुसन्धानका क्रममा उनीबाट कुल बिगो रकम रु २ करोड ६६ लाख बराबरको बैंकिङ कसुर भएको खुलेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।




भर्खरै