४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो

डडेलधुरामा रास्वपाको उम्मेदवार सागर ढकाल हुने बालेनको घोषणा

डडेलधुरामा रास्वपाको उम्मेदवार सागर ढकाल हुने बालेनको घोषणा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह बालेनले डडेलधुरामा सागर ढकाललाई पार्टीको उम्मेदवार बनाउने घोषणा गरेका छन्।

डडेलधुराका पार्टी प्रतिनिधिहरूसँगको छलफलमा साहले सागर ढकाललाई उम्मेदवारका रूपमा अघि सारेका हुन्। यद्यपि, रास्वपाले अहिलेसम्म देशभर कतै पनि औपचारिक रूपमा उम्मेदवारको टुंगो लगाइसकेको छैन। पार्टीले गठन गरेको सिफारिस समितिले उम्मेदवार सिफारिस गर्न बाँकी नै छ।

पार्टीको औपचारिक निर्णयअघि नै वरिष्ठ नेताबाट उम्मेदवार घोषणा भएपछि ढकाल खुसी देखिएका थिए। यसअघि पनि ढकाल बालेन साहकै कोटाबाट रास्वपाको केन्द्रीय सदस्य बनिसकेका छन्।

यसअघि पनि डडेलधुराबाट चुनाव लडिसकेकाले ढकाललाई ‘टुरिस्ट उम्मेदवार’ भन्न नमिल्ने बालेन साहको तर्क छ। यसपटक सरकार बनाउने सम्भावना बोकेको पार्टीबाट उम्मेदवार बनेकाले ढकाल स्वतः जित्ने आधारमा रहेको बालेनको ठम्म्याईँ छ।

ढकालतर्फ इङ्गित गर्दै बालेनले भने,“उहाँ डडेलधुराबाट उम्मेदवार हुन्छ कि हुँदैन भन्नेमा कन्फ्युजन होइन। रास्वपाले डडेलधुराको उम्मेदवार सागर ढकाल पाउँछ कि पाउँदैन भन्ने चाहिँ कन्फ्युजन हो। उहाँ आफैँले नाइँ भन्नु भएन भने उहाँ नै डडेलधुराको उम्मेदवार हुनुहुन्छ।”

बालेनको भनाइपछि ढकालको अनुहारमा मुस्कान छाएको थियो भने उपस्थितहरूले ताली बजाएर समर्थन जनाएका थिए।

बालेनले थपे, “पहिले उहाँसँग पार्टी थिएन, सरकार बनाउने ग्यारेन्टी थिएन। अहिले पार्टी छ, सरकार बनाउने सम्भावना छ। संसदमा पुगेपछि बोल्ने मात्र होइन, काम गर्न पनि सक्नुहुन्छ, यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”

डडेलधुरा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो, जहाँको एक मात्र निर्वाचन क्षेत्रबाट देउवाले निरन्तर चुनाव जित्दै आएका छन्।

अघिल्लो निर्वाचनमा ढकालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त चुनावमा देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी हुँदा ढकालले १३ हजार ४३ मतसहित दोस्रो स्थान हासिल गरेका थिए।