४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै

निष्कासनपछि गगनको गुनासो–मैले नेतृत्वलाई बुझाउन सकिनँ

निष्कासनपछि गगनको गुनासो–मैले नेतृत्वलाई बुझाउन सकिनँ
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसबाट निष्कासनमा परेका महामन्त्री गगनकुमार थापाले पार्टीलाई एकढिक्का राख्न विभिन्न प्रयास गरेपनि सफल नभएको बताएका छन्।

संस्थापन पक्षको कारबाहीको केही घण्टापछि भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले आफूले विकसित राजनीतिक घटनाक्रमबारे नेतृत्वलाई बुझाउन नसकेको गुनासो व्यक्त गरेका हुन्।

थापाले भने, “मैले नेतृत्वलाई बुझाउन सकिनँ। आज बिहानमात्रै सभापति शेरबहादुर देउवासँग छलफल गरेको र विशेष महाधिवेशनबारे बुझाउन खोजेँ, तर सफल हुन सकेन।”

उनले महाधिवेशनको वैधतालामा जोड दिँदै बताए, “२ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिले आफ्नो हक प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गरेको हो। म यहाँ पाहुना भएर आइसकेपछि र महामन्त्रीको हैसियतले पहल गर्नुपर्ने जति गर्नु स्वाभाविक हो। तर बाहिर जेजस्तो समझदारी भएपनि हलमा आउनैपर्छ।”

थापाले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएको कुरा सभापति देउवालाई बुझाउने प्रयास गरेपनि सुनुवाइ नभएको पनि बताए।