१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

नेपाली काँग्रसद्वारा प्रतिनिधिसभाको बैठक अवरोध: ‘कसैलाई काखा, कसैलाई पाखा गरियो’

नेपाली काँग्रसद्वारा प्रतिनिधिसभाको बैठक अवरोध: ‘कसैलाई काखा, कसैलाई पाखा गरियो’
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ । सो पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो । बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको भनी आपत्ति जनाए ।

आयोगले बुधबार सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरेको थियो । नेत्री भुसालले भने, “राज्यले सबै निकायलाई आफ्नो प्रभाव र नियन्त्रणमा लिन खोजेको छ । यसैको उदाहरणका रुपमा अख्तियारले निर्णय गरेको छ । कसैलाई पाखा र कसैलाई पाखा गरिएको छ । त्यस कारण उसमा राजनीतिक बदनियत देखिएको छ । संवैधानिक अङ्गहरु राजनीतिक प्रभावमा परेर राजनीतिक प्रतिशोध साँध्नु हुँदैन । हामीले यसैका लागि गणतन्त्र र समावेशी संविधान ल्याएको हो ?”

भुसालले ‘उक्त प्रकरणमा देखाइएको भेदभाव’को विरोधमा आज बैठकको कारवाही चल्न नसक्ने भनेपछि सो दलका सांसद् उभिनुभएको थियो । सभामुख अग्निप्रसाद सापाकोटाले काँग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यान गएको होला भन्दै संसद्ले धेरै विधेयक अगाडि बढाउनुपर्ने भएकाले बसिदिन र सदन सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहेपछि सभामुखले बैठक स्थगन गरे । प्रमुख प्रतिपक्षीले अवरोध गरेको स्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख सापकोटाले यही माघ २४ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन गरे ।