४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’

काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस संस्थापन पक्षका नेताहरुको छलफलले काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशन पार्टी विधानविपरित रहेको निष्कर्ष निकालेको छ ।

सोमवार पार्टी सभपति देउवा निवासमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको नेताहरुले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र देखिएको विवाद समाधानको सूत्र कार्यसम्पादन समितिको निर्णय नै भएको उल्लेख गर्दै पार्टी सोहीअनुसार अघि बढ्ने बताउनुभयो । उहाँले हाल गरिएका कुनै पनि भेला र कार्यक्रमको औचित्य कार्यसम्पादन समितिले नदेखेको उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘अहिले पार्टीभित्र देखिएको विवादको समाधानको शुत्र कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय जुन छ त्यही हो । केन्द्रीय कार्यसम्पादन समितिले अहिले गरिएका कुनैपनि भेला र कार्यक्रमको औचित्य देखेको छैन ।’

नेता ज्ञानेन्द्र कार्कीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्षबाट सहमति, संवाद र एकताको ढोका सधैं खुला रहेको बताउनुभयो ।

उहाँले पार्टीलाई एकजुट बनाएर मुलुकलाई स्थिरता दिन र वर्तमान संकटबाट नागरिकलाई मुक्त गराउन काँग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि मात्र पार्टी महाधिवेशन गर्ने निर्णयअनुसार नै पार्टी अघि बढ्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको अहिले सान्दर्भिकता छैन र मुलुकलाई स्थीरता दिने निर्वाचनले भएको हुनाले त्यसपछि मात्रै पार्टीको नियमित महाधिवेशन गर्ने भनेर पास भइसकेको हुनाले पार्टी सोहीअनुसार अगाडि बढ्छ । र सहमति, संवाद र एकताको ढोका सधैं हाम्रो तर्फबाट खुला छ ।

पार्टीलाई एकजुट बनाएर लिएर गएर देशलाई अहिलेको संकटबाट मुक्त नागरिकलाई मुक्त गराउन नेपाली काँग्रेस एकजुट भएर अगाडि बढ्नुपर्छ ।’

नेता श्यामकुमार घिमिरेले महामन्त्रीहरूले चालेका कदमले पार्टीभित्र सकारात्मक सन्देश दिन नसकेको बताउनुभयो । उहाँले पार्टीको जिम्मेवार पदमा बसेर महामन्त्रीद्धयले पार्टीलाई फुट र विभाजनतर्फ धकेल्नुहुन्न भन्ने कुरामा आश्वस्त रहेको बताउनुभयो ।

उहाँले अगामी वैशाखमा हुने पार्टीको नियमित महाधिवेशनमा प्रतिस्पर्धा गर्नका लागि तयारी गर्न समेत महामन्त्रीद्धयलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महामन्त्रीहरुले जे गर्नुभयो यसले पार्टीभित्र राम्रो गरेन । तर मलाई अहिले पनि विश्वास के छ भन्दाखेरी उहाँहरु जिम्मेवार हुनुहुन्छ । महामन्त्रीको पदमा हुुनुहुन्छ । पार्टीमा राम्रो छवि बनाएको लोकप्रिय नेता समेत भएको हुनाले उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न भन्ने विश्वास छ ।

बैशाखमा महाधिवेशन हुदैछ । महाधिवेशनमै चुनाव लड्दा भैहाल्छ त्यसको लागि उहाँहरुले तयारी गर्नुहोला । पार्टी फुटाउने काम उहाँहरुले गर्नुहुन्न भन्ने कुरामा म अहिलेसम्म आश्वस्त छु ।’

संस्थापनको विरोधकाबीच पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विषेश महाधिवेशन जारी छ । उक्त महाधिवेशनले पार्टीको नीति र नेतृत्व बदल्ने बताइएको छ । –न्युज एजेन्सी नेपाल