१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा

विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशन बैधानिक भएको दाबी गर्नुभएको छ ।

भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रश्ताव पेश गर्दै उहाँले संविधान, कानून र निर्वाचन आयोगले समेत आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने जिकिर गर्नुभएको हो । महामन्त्री थापाले विशेष महाधिवेशनको बैधानिकतामाथि कानून प्रश्न उठाउने आँट कसैले गर्न नसक्ने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो विशेष महाधिवेशन बैधानिक छ कि छैन ? यसको बैधानिक प्रावधान के छ ? हाम्रो संविधानले के भन्छ ? संविधानले विरलै मात्र यस्तो संविधान छ, जुन संविधानमा राजनीतिक दलसम्बन्धि व्यवस्था गरिएको छ । त्योमध्येको एउटा संविधान भनेको हाम्रो संविधान पनि हो । त्यसैले संविधानभन्दा माथि केही पनि छैन । त्यो संविधानको व्यवस्था के छ, राजनीतिक दलसम्बन्धि ऐनमा के व्यवस्था छ ? हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित विधान हो । आज यो विषयमा कसैले कानूनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा, नेपालको नेपालको निर्वाचन आयोगले १, २, ३ हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दैसक्दैन । ढुक्क भएर बस्नुस् सक्दैन ।’

महामन्त्री थापाले आफूहरुले काँग्रेसलाई जागृत गराउन पनि सो महाधिवेशन आयोजना गर्नु परेको बताउनु भयो ।