१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताउनुभएको छ ।

आयोगले सोमवार आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उहाँले शान्ति सुरक्षाबारे आशंका गर्नु नपर्ने बताउनुभएको हो ।

निर्वाचनमा शान्ति सुरक्षाका लागि करिव साढे पाँच लाख जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो । उहाँले २०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको उल्लेख गर्दै आगामी निर्वाचनललाई पनि भयरहित ढंगले सम्पन्न गर्ने बताउनु भयो । विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने बहस निर्वाचनको अघिल्लो दिनसम्म हुनेगरेको उल्लेख गर्नुहुँदै उहाँले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमा नै निर्वाचन हुने बताउनु भयो ।

निर्वाचन आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो । सरकार र सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति दिएकोले यस विषयमा अब शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले विगतमा पनि निर्वाचन बिथोल्ने शक्ति र हतियार बाहिर भएको अवस्थामा पनि निर्वाचन गराएको स्मरण गर्नुभयो । अहिले त्यस्तो गम्भीर खतरा आयोगले महशुस नगरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘शान्ति सुरक्षा लगायत निर्वाचनको क्रममा अहिले लगभग साढे ५ लाख जनशक्ति परिचालन हुँदैछ । पहिला पहिला पनि हाम्रो निर्वाचन हुँदाखेरी २०४८ पछि २०६४, २०७० को संविधानसभाको निर्वाचन लगायतका सबै निर्वाचन हामीले भोग्यौँ, व्यहो¥यौँ । त्यो बेला पनि निर्वाचन के हो ? हुन्छ, हुँदैन लगायतका विषयहरु निर्वाचनको अघिल्लो दिनसम्म पनि आउँछ । तर निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको निर्विकल्प निर्वाचन भएकोले शान्ति सुरक्षाको सन्दर्भमा सरकार अत्यन्तै सचेत छ । हामीले दर्जनौ पटक सरकारको मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखहरुसँग भेटेर छलफल गरेका छौँ । शान्ति सुरक्षाको सन्दर्भमा यहाँहरुले कुनैपनि कमी कमजोरी छ की भनेर आशंका गर्नुपर्ने स्थिति छैन । शान्ति सुरक्षाको पूर्ण प्रत्याभुत गर्न सरकार तयार छ, भनेर सरकारको तर्फबाट र सुरक्षा निकायका प्रमुखहरुको तर्फबाट पनि यो भनाई आएको हुनाले शान्ति सुरक्षाको सन्दर्भलाई लिएर शंका उपशंका गर्ने विषयलाई अब छाड्दिउँ, अब त्यो विषय चर्चाको विषय रहेन । किन चर्चाको विषय रहेन भने हामीले थुप्रै निर्वाचनहरु हतियार थुप्रै भएर पनि निर्वाचन गरेका छौँ । बाहिर के कति हतियार छ र निर्वाचन विथोल्ने शक्ति के कसो बाहिर छ भनेर पहिचान नभएको बेलामा पनि हामीले निर्वाचन सम्पन्न गरेका छौँ । अहिलेको परिवेशमा बाहिर त्यो किसिमको खतरनाक छ भन्नेकुरो आयोगले पनि महशुस गरेको छैन । सरकारको तर्फबाट पनि त्यो महसुस भएको हामीलाई आभास भएको छैन । त्यसो भएको हुनाले शान्ति सुरक्षाको प्रत्याभुत हुन्छ । फेरि हिजो विथोलिएको समाज, शान्तिसुरक्षा भंग भएको समाजमा अब शान्तिसुरक्षा नभई निर्वाचन हुँदैन भन्ने तपाई हाम्रो एकमत भएको हुनाले पहिले पहिले हुने निर्वाचन भन्दा अहिले अलि विशेष परिस्थितिबाट सबैले सर्तकता अपनाएर त्यो निर्वाचन सम्पन्न गर्नुपर्छ ।’ 

उहाँले निर्वाचनको व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम आयोगले सम्पन्न गरेको पनि जानकारी दिनुभयो । हाल राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्ष तहको गरी ३ किसिमका निर्वाचनमा आयोग एकसाथ लागेको उहाँको भनाई छ । उहाँले समानुपातिकतर्फ सोमबार उम्मेद्वारहरुले नाम फिर्ता दिने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो । उहाँले द्वन्द्व र अस्थिरता भोगेको समाजलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन गराएर लोकतान्त्रिक बाटोमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।