१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

खुला आध्यात्मिक सत्सङ्ग तथा रक्तदान शिविर

खुला आध्यात्मिक सत्सङ्ग तथा रक्तदान शिविर
अ अ+ अ-

काठमाडौँ। सन्त निरङ्कारी मण्डल, नेपालको बृहत् खुला आध्यात्मिक सत्सङ्ग तथा रक्तदान शिविर सम्पन्न भएको छ ।

आज यहाँ विजय स्मारक माध्यात्मिक विद्यालय डिल्लीबजारको प्राङ्गणमा आयोजित कार्यक्रममा ६२ पिन्ट रगत सङ्कलन भएको र खुला सत्सङ्गमा करिब ५०० जनाको सहभागिता रहेको मण्डलले जनाएको छ ।

सत्सङ्ग कार्यक्रमका प्रमुख एवं मण्डलका केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले समाजमा विभिन्न नाममा बढ्दै गएको अशान्ति र असन्तुष्टिको अवस्था अन्त्यका लागि आध्यात्मिक चिन्तन नै उपयुक्त विकल्प हुने बताउनुभयो ।

उहाँले आध्यात्मिक चेतनाले नै मानवता, सहअस्तित्व, समानता र भाइचाराको भावना विकास गरी विश्वबन्धुत्व हुने भन्दै हरेक मानिसले आध्यात्मिक ज्ञान लिन आवश्यक रहेकामा जोड दिनुभयो ।

मण्डलका केन्द्रीय उपाध्यक्ष एवं काठमाडौँ प्रमुख कृष्णबहादुर पन्तले विभिन्न जाति, सम्प्रदाय, भाषा र धर्मका नाममा समाज विभाजित रहेको भएको भन्दै त्यसविरुद्ध असल भावना विकासको आधार आध्यात्मिक मार्ग नै हुने धारणा राख्नुभयो ।

कार्यक्रममा मण्डलका केन्द्रीय सचिव अनिल महर्जन, क्षेत्रीय सञ्चालक बाबुराज महर्जन, निवर्तमान प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक भरत वड, डा बाबुराम भुल, कवि विजय विश्वकर्मालगायतले आफ्नो विचार तथा सृजना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर, विभिन्न सङ्घ संस्थामा कार्यरत व्यक्ति तथा प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालक ध्रुव अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने व्यक्ति बाबुराम भुललाई मण्डलले सम्मानसमेत गरेको उहाँले बताउनुभयो । रासस