४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

सभापति देउवालाई सुनिल शर्माको अनुरोधः रोइलो छाडेर बन्दसत्रमा आउनुहोस्

सभापति देउवालाई सुनिल शर्माको अनुरोधः रोइलो छाडेर बन्दसत्रमा आउनुहोस्
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न आउन अनुरोध गर्नुभएको छ ।

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता शर्माले सभापति देउवालाई रोइलो गर्न छोडेर बन्दसत्रको हलमा उपस्थित हुन अनुरोध गर्नुभएको हो । उहाँले महाधिवेशनको बन्दसत्रले सभापति देउवालाई झन्डै आधा दर्जन विकल्पहरु दिने समेत बताउनु भयो । उहाँले पार्टी चुनाव लड्न सभापति देउवालाई चुनौती दिँदै पराजित भएपनि फुलमालासहित घर पुर्याइदिने टिप्पणी गर्नुभयो । उहाँले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागलाई सम्बोधन गर्न मध्यमार्गी बाटो अवलम्वन गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शेरबहादुर दाई तपाई एउटा इतिहास बोकेको नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ । अब तपाईलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईलाई सभापति बनायो, पटकपटक तपाईहरूलाई सत्तामा पुर्यायो । तपाई त्यो रोइलो छोडेर भोलि बिहा हल उद्घाटन गर्ने बेलामा यो हलमा आउनुहोस् । हामी तपाईलाई ६—७ वटा विकल्प दिनसक्छौँ । पहिलो विकल्प यदि तपाई फेरी निर्वाचन लड्नुहुन्छ ? आउनुहोस् । तपाईले हार्नुहोला या गगनजीले हार्नुहोला या मैले हारुँला वा विश्वजीले हार्नुहोला । लोकतन्त्रले जित्छ, प्रजातन्त्रले जित्छ र तपाई हारिरहँदा पनि हामी रथ हायर गरेर हार्ने साथिहरुलाई फुलमालासहित घरसम्म पञ्चेबाजा बजाएर पुर्याउँछौँ । यो हाम्रो कमिटमेन्ट हो । यदि तपाईलाई त्यो मन पर्दैन, त्यो साहस छैन भने हामी मल्टिपल विकल्पहरु दिनसक्छौँ ।’

पार्टीभित्र आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन जारी छ । बन्दसत्र सोमवार बिहानदेखि शुरु हुनेछ ।