१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

चीनमा नेपाली विद्यार्थी सकसमा, सरकार आलटाल गर्दै

चीनमा नेपाली विद्यार्थी सकसमा, सरकार आलटाल गर्दै
अ अ+ अ-

कोरोनाको महामारीका कारण चीनको वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थी खानसमेत नपाई कोठाभित्रै बस्नुपरेको पीडा सुनाइरहेका छन् । तिनका अभिभावक सिंहदरबार धाउँदै स्वदेश फर्काइदिन याचना गरिरहेका छन् । तर, नागरिकको पीडामा सरकार ढुक्कसाथ आलटाल गरिरहेको छ । क्वारेन्टाइन टुंग्याउन ६ दिन लगाएको सरकारले अरू तीन दिन बितिसक्दा पनि नागरिक ल्याउने मिति निश्चित गरेको छैन । शनिबार त त्यसबारे कुनै छलफलसम्म भएन । ‘चीनबाट नागरिक ल्याउने विषयमा शनिबार कुनै छलफल भएन,’ स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहले भने ।

Image result for स्वास्थ्य मन्त्रालय

सरकारले सुरुमा उनीहरू चीनमै सुरक्षित रहेको दाबी गर्दै आएको थियो । तर, भारत, अमेरिकालगायत देशले नागरिक फिर्ता लगेपछि सरकार दबाबमा परेको थियो । १८ माघमा परराष्ट्र मन्त्रालयले आफ्ना नागरिक फर्काउन सहजीकरणका लागि चीन सरकारलाई औपचारिक पत्र पठायो । बेइजिङस्थित नेपाली दूतावासले नेपाल आउन चाहनेलाई फारम भर्न भन्यो । १८५ जनाले फर्किन चाहेको भन्दै फारम पनि भरे । प्रवक्ता महेन्द्र श्रेष्ठले २० माघमै पत्रकार सम्मेलन गरेर वुहानलगायत सहरबाट २४ माघभित्रै नागरिक फिर्ता ल्याउने बताएका थिए । तर, सरकार उनीहरूलाई फर्काएपछि १४ दिनसम्म राख्नुपर्ने ठाउँ खोज्ने नाममा अलमलियो ।

चीनले कोरोना संक्रमितलाई उपचार गर्न १० दिनमा हजार शड्ढयाको अस्पताल ठड्याउँदा नेपालले जम्मा १८५ नागरिक ल्याएर राख्ने ठाउँ खोज्न ६ दिन लगायो । उनीहरूलाई इचंगुनारायणको सुकुमबासी आवास भवन, खरिपाटीको विद्युत् प्राधिकरण तालिम केन्द्र, शिवपुरी र सूर्यविनायकका सैनिक ब्यारेकमा राख्ने बिहीबार मात्रै टुंग्यायो । ठाउँ टुंगिएपछि अब छिटै फिर्ता प्रक्रिया सुरु हुने अपेक्षा थियो । तर, सरकारले फेरि आलटाल गरेको छ । आवश्यक व्यवस्थापनले गति लिएको छैन ।

शनिबार खरिपाटीस्थित विद्युत् प्राधिकरणले दुई भवन खाली गरेको छ । वातावरण तथा सामाजिक अध्ययन विभाग र हेस्टेलको भवन खाली गरिएको खरिपाटी विद्युत् प्राधिकरणका सहनिर्देशक केशवराज ओलीले बताए । त्यस्तै स्वास्थ्य मन्त्रालयले आफ्नो दायित्व पूरा गरेको जनाएको छ । सहसचिव डा। दीपेन्द्ररमण सिंहका अनुसार स्वास्थ्य टोली चीन जानुअघि स्वास्थ्य जाँच, पोसाक व्यवस्थापन, चीनबाट नागरिक ल्याइसकेपछि विमानस्थलमा परीक्षण र क्वारेन्टाइनको अवधिमा स्वास्थ्य सुरक्षा व्यवस्थापनको जिम्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइएको छ ।

चीनबाट ल्याइनेको रगत तथा अन्य नमुना परीक्षणको जिम्मेवारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिइएको छ । चीनबाट ल्याइएको व्यक्तिमा संक्रमण देखिए आवश्यक उपचार र समन्वय गर्न सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई दिइएको छ । नयाँ पत्रिका दैनिकबाट