१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै

महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छ: अध्यक्ष ढकाल

महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छ: अध्यक्ष ढकाल
अ अ+ अ-

भक्तपुर: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताउनु भएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाट्न गर्दै अध्यक्ष ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यक रहेको र आफुले सो पहल गर्ने बताउनु भयो ।

अध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको साझा छाता संगठनको रूपमा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको हक–हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको बताउनु भयो । निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन नहुने विषयको पैरवी देखि अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरण निर्माणका लागि दजर्नौं कानून संशोधनमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

“उत्पादन, रोजगारी र लगानी प्रवद्र्धनका लागि नीतिगत स्थायित्व र सरकार–निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ,” महासंघले गरेको निरन्तरको प्रयासले धेरै नीतिगत सुधारहरु भए । उहाँले भन्नुभयो, मुलुक भित्र लगानी प्रवद्र्धन र नीतिगत सुधारमा महासंघको बलियो उपस्थिति देखिएको छ । ”

यद्यपी, पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्किएको चर्चा गर्दै उहाँले यो अवस्थामा निजी क्षेत्रले शान्ति सुरक्षा लगानी गर्ने वातावरणको सुनिश्चितता खोजिरहेको धारणा राख्नु भयो ।

मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यक्ता रहेका बताउँदे उहाँले भाद्र २३ र २४ को गतेको प्रर्दशनका क्रममा भएको गलत घुसपैठ गरी उदोग व्यवसाय तथा निजी सम्पत्तीमाथी आक्रमण गर्नेहरुलाई कानूनी कारबाही गर्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको नेतृत्वमा लगानी प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै अध्यक्ष ढकालले त्यही उद्देश्यका साथ महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरि काम भइरहको बताउनु भयो ।

यो कम्पनीले ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता,उत्पादनमूलक क्षेत्रमा लगानी रोजगारी सिर्जनाको उद्देश्य राखेको बताउँदै उहाँले स्थानीय उद्यमीहरूले यो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले मात्र होइन, परम्परागत हस्तकला, घरेलु उद्योग, साना तथा मझौला व्यवसायको केन्द्रका रूपमा पनि परिचित जिल्ला भएको उल्लेख गर्दै उहाँले स्थानीय उद्योग, व्यवसाय र पर्यटन प्रवद्र्धनमा स्थानीय वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।