४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

स्वास्थ्य करसम्बन्धि सबै बजेट स्वास्थ्य मन्त्रालयले पाउनुपर्छः मन्त्री गौतम

स्वास्थ्य करसम्बन्धि सबै बजेट स्वास्थ्य मन्त्रालयले पाउनुपर्छः मन्त्री गौतम
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट सम्बन्धित मन्त्रालयमा नै खर्च गर्न अर्थ मन्त्रालयलाई दबाब दिनुभएको छ ।

विभिन्न देशका अनुभव र स्वदेश भित्रकै विज्ञहरुले दिएको सुझावको आधारमा पनि स्वास्थ्य मन्त्रालयले सो बजेट पाउनुपर्ने उहाँको तर्क थियो । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले सो कोषको बजेट सबै स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने समेत बताउनु भयो । त्यस अवसरमा उहाँले बजेटको माग गर्दा जिम्मेवार भएर प्रश्तुत हुन पनि मातहतका निकायलाई सचेत गराउनु भयो । मन्त्री गौतमले प्रमाणको आधारमा मात्रै कर्मचारीहरुले बजेटको माग गर्नुपर्नेतर्फ पनि सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘विभिन्न सुझावहरु पनि आएका छन । अन्य देशका अनुभवहरु पनि छन । ती पनि सही छन । कतिपय अवस्थामा विभिन्न टयाक्सहरु लगाउ र यता देउ भनेर हेल्थ फाईनान्सका समग्र कुराहरु आएका छन् । जुन हामीले पनि भनिराखेको हो । हाम्रो स्वास्थ्य कर कोषमा धुम्रपानको त उठेकै छ । त्यो पनि हामीले सबै पाउँदैनौ । अव सरकारलाई, अर्थ मन्त्रालयलाई घचघच्याउनुछ । तर मैले के इभिडेन्सको आधारमा म माग्न जाउ ? इभिडेन्स चाहियो नि मलाई त । आजको यो कार्यक्रमको पर्पोज के थियो भने यो सबै एनलाईसिस गर्नुहोस् । इभिडेन्स ल्याउनुहोस् । त्यो इभिडेन्सलाई लिएर गएर पैसा माग्नु प¥यो नि । नत्र पैसा मात्रै दिनुस् भनेर अर्थ मन्त्रालयमा भनेर मात्रै हँुँदैन । त्यहाँ त मलाई मलको पैसा दिनुस् भन्दा चुनाव गराउनु छ भन्ने हुन्छ । राज्यको स्वास्थ्य विमा मात्रै एउटा कार्यक्रम त होइन । यावत कुराहरु छन् । विभिन्न मन्त्रालयका कुराहरु छन् । चाप छ ठूलो अर्थतन्त्रमा । त्यसकारण इभिडेन्समा आधारित हुनुप¥यो । हामी त चिकित्सकहरु, जहिले पनि इभिडेन्स नभई स्वास्थ्यकर्मीहरुले बोल्दैनन् । इभिडेन्स नभई ट्रिटमेन्ट गर्दैनन् । त्यसकारण हाम्रो कहाँ कहाँ समस्या देखियो ? ती समस्याको समाधान कहाँ कहाँ छन् ? ती सबै गरेर अनि मलाई यति पैसा नभई भएन भन्यो भने अनि बल्ल खोज्नु प¥यो । त्यो सरकारले खोज्छ । हामीले देशको इकोनोमिक अवस्था पनि रियलाईज गरौ । हामी सबै जिम्मेवार नागरिक हौँ । हामी त अझ विद्वान पढेलेखेका मान्छे हौँ । जसले गाईंड गर्नुपर्छ सरकारलाई । गलत भयो भने पनि भएन भन्नुपर्छ सरकारलाई । हामीले माग्ने मात्रै होइन । त्यो हामीले गर्नुपर्छ ।’

मन्त्री गौतमले मुलुकलाई आर्थिक चापमा रहेकाले त्यसको आधारमा अघि बढ्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।