२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनको २ घण्टा नागरिकलाई सिंहदरबारमा प्रवेश दिनुपर्छ: सांसद चौधरी



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले सर्वसाधारण नागरिकलाई पनि सिंहदरवार प्रवेश सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले देश संघीयतामा गए पनि सिंहदरबार छिर्न भने नागरिकले अझै सास्ती खेप्न परेको भन्दै यसलाई सहज बनाउन आग्रह गरेकी हुन् ।

‘देश संघीयतामा गएपछि पनि विभिन्न काम लिएर सिंहदरबार आउने क्रम जारी छ । सिंहदरबार आउने नागरिकलाई भित्रबाट पास दिनुपर्ने व्यवस्था छ । सुरक्षाको हिसाबले पनि यो व्यवस्था छ । अब निश्चित समयभित्र दिनको २ घण्टा नागरिकलाई सिंहदरबारमा प्रवेश दिनु न्यायोचित हुन्छ’, चौधरीले भनिन्, ‘समयको वचत हुन्छ । नेपाली नागरिकता या राष्ट्रिय परिचय पत्रको आधारमा प्रवेश दिँदा सिंहदरबार मेरो पनि हो भन्ने अनुभूति गराउन सकिन्छ ।’