नेपाली कांग्रेसका नेताहरुले भारत उत्तरप्रदेशका मुख्यमंत्री श्री योगी आदित्यनाथसंग शिस्टाचार भेट गरेका छन् । भेटमा महामंत्री डा. शशांक कोईरला, सांसद डा. मिनेन्द्र रिजाल, पूर्वराजदूत श्री दीप कुमार उपाध्याय नेताहरुको सहभागीता रहेको थियो ।
भेटवार्तामा भारत नेपाल सम्बन्ध र नेपाल को स्वरोज़गारमुलक पर्यटन विकासको लागी उत्तरप्रदेशबाट हुने सहयोगको बारेमा छलफल भएको छ ।
मुख्यमंत्री योगी आदित्यनाथ नेपाललाई निकै नजिकबाट बुझेका नेताका रुपमा लिने गरिन्छ । मुख्यमंत्री योगीले नेपाल हिन्दुराज्य हुनुपर्ने पक्षमा समेत आवाज उठाउदै आउनुभएको छ ।