२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशीमा रहेका नेपालीको सहयोगमा विद्यालय



अ+ अ-

दाङ । विदेशमा रहेका नेपालीले दाङमा विद्यालय स्थापना गरेका छन् । ‘ओपन वर्लड कवज’ संस्थामार्फत दाङमा थारु समुदायका विद्यार्थीलाई शिक्षा दिने गरी विद्यालय सञ्चालनमा ल्याएका हुन् । उक्त संस्थाको नेपालको प्रतिनिधि काठमाडौँ निवासी सरिता तिमिल्सिनाका अनुसार दाङको घोराही उपमहानगरपालिका वडा नं १० मा थारु समुदायका छोराछोरीले पढ्ने विद्यालय सञ्चालनमा ल्याइएको हो ।

संस्थाले नेपालमा महिला स्वास्थ्य र शैक्षिक सुधारमा काम गर्दै आएको छ । थारु समुदायका बालबालिकालाई सहज शिक्षा दिनका लागि उक्त विद्यालयमा लगानी गरेको उहाँको भनाइ छ । “अहिले थारु समुदायका बालबालिकाले अन्य भाषा बुझ्न कठिन हुने र पढाइमा प्रभावपर्ने गरेको छ”, उहाँले भन्नुभयो, “त्यसैले थारु समुदायका बालबालिकालाई पठनपाठनमा सहज होस् भनी हामीले दाङमा उक्त विद्यालय सञ्चालनमा ल्याएका हौँ ।”

नारायणपुरमा त्रिपुर टिनरगार्डेन एकाडेमी सञ्चालनमा ल्याएर थारु समुदायका बालबालिकालाई शिक्षा दिइरहेको उहाँको भनाइ छ । “कतिपय थारु समुदायका बालबालिकाले आर्थिक अभावकै कारण पनि विद्यालय पठाउन नसक्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो, “उहाँहरुको सहजताका लागि हामीले विद्यालय सञ्चालनमा ल्याएका हौँ ।”

शुरुमा १२ जना विद्यार्थीलाई पठनपाठन गरेको भए पनि अहिले ९७ जना विद्यार्थी रहेको उहाँको भनाइ छ । अहिले नर्सरीदेखि कक्षा १ सम्म पढाइ भइरहेको छ । अहिले अभिभावकले कक्षा थप गर्न दबाब दिएकोसमेत तिमिल्सिनाले बताउनुभयो । “अहिले नर्सरीदेखि एकसम्म पढाइ भइरहेको छ”, उहाँले भन्नुभयो, “तर अभिभावकले कक्षा थप गर्न दबाब दिइरहनुभएको छ ।”

अभिभावकले कक्षा थप गर्न अनुरोध गरेको भन्दै त्यसका लागि विदेशी संस्थासँग पहल गरिरहेकोसमेत उहाँले बताउनुभयो । साथै टाढाटाढाबाट विद्यार्थी आउन चाहेको भन्दै यातायातसमेत सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । अहिले बाहिर मन्टेश्वरीमा मासिक रु पाँच÷छ हजार तिर्नुपर्ने बाध्यता रहेको भए पनि टिनर गार्डेनले ६०० मै पठनपाठन गराएको भन्दै यो सकारात्मक कार्य रहेको स्थानीय खुशीराम चौधरीले बताउनुभयो । अहिले सबै विद्यार्थीबाट मासिक रु ६०० लिने गरेको भन्दै जसबाट विद्यार्थीलाई खाजा, यातायात सुविधा दिने गरेको चौधरीको भनाइ छ ।

अहिले विद्यार्थीलाई प्रविधिमैत्री बनाएर पढाउने गरिएको छ । “हामीले अहिले सबै विद्यार्थीलाई आइप्याड प्रदान गरेका छौँ”, तिमिल्सिनाले भन्नुभयो, “त्यसले विद्यार्थीलाई इन्टरनेट प्रयोग गरेर पठनपाठनमा सहजता हुने गरेको छ ।” अहिले उक्त एकेडेमीमा पाँच जना शिक्षक कार्यरत रहनुभएको छ । अमेरिकामा रहेको ‘ओपन वर्लड कवज’ संस्थाले विभिन्न देशमा पिछडिएका वर्गलाई सहयोग गर्दै आएको छ ।