२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विद्युत प्राधिकरणको नाफा वार्षिक ९ अर्ब नाघ्यो: कार्यकारी निर्देशक घिसिङ



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको नाफा वार्षिक नौँ अर्ब नाघेको बताएका छन् । काठमाडौंमा आइतबार ड्याफोडिल स्कुलद्धारा आयोजित ‘रेमिट्यान्स फर बेटर लाइफ’ कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारीमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएको भन्दै उनले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको बताए । विद्युत प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब प्राधिकरण लोडसेडिङ अन्त्य गरेर विद्युत प्रशारण र वितरणको सुदृढीकरणमा केन्द्रीत भएको छ ।’

घिसिङले बताए अनुसार विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा जान सmिल भएको हो । कुलमान घिसिङ आउन अघि ठूलो घाटामा रहेको प्राधिकरणले उनको आगमन संगै नाफा आर्जन गर्न सुरु गरेको हो । २०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकका रुपमा प्राधिकरण प्रवेश गरेका थिए । उनि आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ आएको ११ महिनामा नै घाटा घटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भएको थियो ।