१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहित स्वायत्तता दिइन्छः मन्त्री खरेल

चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहित स्वायत्तता दिइन्छः मन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्यअवधी जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताउनुभएको छ ।

बुधवार विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खरेलले यस्तो बताउनुभएको हो ।

उहाँले बोर्डका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाएर प्रक्रिया अघि बढाउँदा निष्पक्षता कायम हुने भन्दै उक्त व्यवस्था राख्ने प्रश्ताव गर्नुभयो । उहाँले चलचित्र विकास बोर्डका अध्यक्षलाई आर्थिक तथा प्रशासनिक रूपमा कार्यकारी अधिकारसहित जिम्मेवारी दिने व्यवस्था विधेयकमा राखिएको भन्दै बोर्डलाई प्रदान गरिने स्वायत्ततामा कुनै समस्या नरेहको बताउनु भयो । उहाँले विधेयकमा चलचित्रसम्बन्धी विधा र क्षेत्र स्पष्ट रूपमा विधेयकमा समेट्न सकेमात्र चलचित्र उद्योगलाई थप व्यवसायिक बनाउन सकिने बताउनुभयो । उहाँले कलाकारिता बहुआयामिक क्षेत्र भएको भन्दै विधेयकमा कलाकारिताको सट्टा चलचित्र कलाकारिता राखेर जानुपर्ने प्रश्ताव पनि गर्नुभयो. ।

उहाँले भन्नुभयो, ‘चलचित्र विकास बोर्डका पदाधिकारीहरुलाई अलि लामो समय अवधि दियो काम गर्न पनि सजिलो होला । बोर्ठको सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति बनाएर गयौँ भने यो फेयर हुन्छ । र बोर्डको अध्यक्ष चाहीँ आर्थिक र प्रशासनिक हिसावले नै कार्यकारी हिसावले अधिकारयुक्त हुने भएको कारणले बोर्डलाई दिने स्वायत्तताका सम्बन्धमा अब थप समस्या नहोला र बोर्डले चाहेको हिसावले काम गर्न सक्ला भन्ने नै हो । अर्को कुरा चलचित्रसम्बन्धी विधा र स्ल्यास क्षेत्र राख्यो भनेदेखि सबै कुराहरु त्यसमा समावेश गर्न सकिन्छ । चलचित्रसम्बन्धी विधा र क्षेत्र जोड्यो भनेदेखि चाहीँ सबै कुराहरु त्यसमा पर्नसक्छ । तर अरु कुराहरु उल्लेख नगरिकन जानुपर्ला । अगाडिको बुँदामा पनि बाँकी कुराहरु आउलान् ।’   

बैठकमा बोल्ने अधिकांश सांसदहरुले चलचित्र उद्योगलाई समाज र मुलुकको प्रतिनिधित्व गराउनेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।