२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चीनबीच सम्बन्धको ७० औं बर्ष: सदाबहार सम्बन्धका पलहरु स्मरण



अ+ अ-

काठमाडौँ, १२ पुस: उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित नेपाल—चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध कायम भएको ७० औँ वर्षका अवसरमा यो वर्षभर आयोजित कार्यक्रमहरुको समापनका सन्दर्भमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा उहाँले सरकारीस्तका साथै जनस्तरमा पनि द्विदेशीय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

उपसभामुखले व्यापार, लगानी, भौतिक पूर्वाधारका क्षेत्रमा दुवै देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गर्नुभयो ।

कार्यवाहक राजदूत चौ पानले नेपालको विकास साझेदारका रूपमा चीनले सक्दो सहयोग गर्दै आएको बताउँदै आर्थिक, वाणिज्य, कृषि, गरिबी निवारण, पर्यटन, युवा विकासलगायत क्षेत्रलाई नै केन्द्रमा राखेर सहायता परिचालन गरिरहेको जानकारी दिनुभयो ।

हालै चिनियाँ कम्युनिष्ट पार्टीले अनुमोदन गरेको १५ औँ पञ्चवर्षीय योजनामा नेपाललगायत छिमेकीहरुको सामाजिक एवं आर्थिक विकासका कायैक्रम समावेश गरिएका जानकारी दिँदै कावा राजदूत चौले दुवै देशका साझा चासो र लाभका खातिर पारस्परिक साझेदारी अपरिहार्य छ भन्नुभयो ।

त्यस अवसरमा चिनियाँ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

वि.सं. २०१२ साउन १९ गते तदनुसार १९५५ अगष्ट ३ तारिखका दिन औपचारिक रुपमा  नेपाल—चीन सम्बन्ध कायम भएको थियो । रासस

फोटो- सुनिल शर्मा

­­